चिनियाँ राजदूतलाई पर्यटन व्यवसायीको आग्रह- ‘पोखराबाट चिनियाँ सहरमा उडानको पहल होस्’

पोखराबाट चिनियाँ सहरमा सिधा उडानको लागि पहल गरिदिन पर्यटन व्यवसायीले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्सँग आग्रह गरेका छन् । मंगलबार पोखरा पर्यटन परिषद्को नेतत्वमा राजदूतावास पुगेर व्यवसायीले अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।