बोटलर्स नेपाल (तराई)को नाफा यस वर्ष ५८ प्रतिशत घट्यो

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १३ करोड ३० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ५८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३१ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा ४४ दशमलव २७ प्रतिशत कम भएकाले खुद नाफामा असर परेको हो । गत वर्ष ३९ करोड ९० लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २२ करोड २३ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । यस वर्ष ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको हाल चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ । जगेडा कोष रकम भने साढे १६ प्रतिशत बढेर ३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वित्तीय खर्च यस वर्ष २६ प्रतिशत बढी अर्थात् ६ करोड ५० लाख रुपैयाँ भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ४४० रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २३५ रुपैयाँ छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ हजार ४७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २ हजार ७८९ रुपैयाँ थियो । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

यस कारण घट्यो बोटलर्स नेपालका दुवै कम्पनीको नाफा

काठमाडौं । बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले चालू आर्थिक वर्ष तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा दुवै कम्पनीको नाफा घटेको छ । गत आवको तुलनामा चालू आवमा बोटलर्स नेपाल तराईको नाफा २८ दशमलव ६२ प्रतिशत र बोटलर्स नेपाल बालाजुको नाफा ९ दशमलव ५३ प्रतिशत घटेको हो ।  बोलटर्स नेपाल तराईले गत आवमा रू. ५० करोड ५८ लाख नाफा कमाएकोमा चालू आवमा रू. ३६ करोड १० लाखमा झरेको छ । चालू आवमा उत्पादनको विक्री लागतमा वृद्धि, वितरण खर्च, प्रशासनिक खर्चलगायतमा वृद्धि भएपछि सञ्चालन नाफा घटेको छ । कम्पनीको सञ्चालन नाफा गत आवमा रू. ८८ करोड ४० लाख रहेकोमा चालू आवमा घटेर  रू. ५८ करोड ८८ लाखमा झरेको छ । यस कारण खुद नाफा पनि प्रभावित भएको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म उत्पादन विक्रीबाट रू. ६ अर्ब ७ करोड आम्दानी गरेको छ । यो आम्दानी गत आवको तेस्रो त्रैमाससम्म रू. ५ अर्ब ६६ करोड थियो । कम्पनीको चुक्तापूँजी रू. १२ करोड १० लाख रहेको छ । कम्पनीले जगेडा तथा कोषमा रू. ३ अर्ब ५८ करोडभन्दा बढी सञ्चित गरेको छ । नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४१८ रहेकोमा चालू आवमा रू २९८ मा झरेको छ ।  बोटलर्स नेपाल बालाजुले गत आवमा रू. ४८ करोड १३ लाख नाफा कमाएकोमा चालू आवमा रू. ४३ करोड ५४ लाखमा सीमित भएको हो । चालू आवमा यस कम्पनीको पनि विक्री लागत, वितरण खर्च र प्रशानिक खर्च बढेपछि सञ्चालन नाफा घटेसँगै नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ९७ करोड रहेकोमा चालू आवमा रू. ६५ करोड ९३ लाखमा झरेको छ । त्यस्तै कम्पनीको उत्पादन विक्रीबाट गत आवमा रू. ५ अर्ब ६६ करोड आम्दानी भएकोमा चालू आवमा रू. ६ अर्ब ७ करोड भएको छ । कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २२३ रहेकोमा चालू आवमा रू. २०६ मा झरेको हो । कम्पनीको चुक्तापूँजी रू. १९ करोड ४८ लाख रहेको छ । कम्पनीले जगेडामा रू. ५ अर्ब ३६ करोड सञ्चित गरेको छ ।  बोटलर्स नेपाल तराईको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  बोटलर्स नेपाल बालाजुको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्