काँग्रेस बागमतीः सभापतिमा फेरि चुनाव हुने

नेपाली काँग्रेसको बागमती प्रदेशको सभापति चयनका लागि फेरि मतदान हुने भएको छ।  पहिलो चरणको चुनावमा तीन उम्मेदवार कसैको पनि बहुमत नआएपछि दोस्रो चरणको चुनाव हुने भएको हो । चुनाव आजै हुनेछ । चुनावी मैदानमा रहेका उम्मेदवारहरु इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नल्याएपछि चुनाव दोस्रो चरणमा गएको हो । बानियाँले ९९२ मत ल्याए भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याए । नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५१ प्रतिशत मत आउनुपर्ने हुन्छ । जसअनुसार अब बढी मत ल्याउने दुई उ...

सम्बन्धित सामग्री

चुनाव एक्लै लड्नुपर्ने काँग्रेस नेताहरूको माग

बुटवल : नेपाली काँग्रेसका अधिकांश नेताले आगामी निर्वाचन एक्लै लड्नुपर्ने माग गरेका छन्।नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनका क्रममा आज नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाले यस्तो माग गरेका हुन्।महामन्त्री थापाले नेपाली काँग्रेसभित्र इमानदार र कर्तव्यनिष्ठ धेरै व्यक्ति रहे पनि दलले त्यो पुँजी प्रयोग गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे। थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने बताए।महामन्त्री शर्माले पार्टीलाई

डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : काँग्रेस नेता बलायर

काठमाडौँ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी काँग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् । ४ मङ्सिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि डोटीमा चुनावी तालमेल नहुने बलायरले बताए । उनले काँग्रेस नेता कार्यकर्ताहरू चुनावी तालमेलको विरुद्धमा रहेको बताए ।  काँग्रेस एक्लैले सजिलैसँग […]

देउवाविरुद्ध पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने, वीपी काँग्रेस प्रवेश गर्दै

काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनकै पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने भएका छन् । मल्ल डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका हुन् । मल्ल भोलि नेपाली काँग्रेस वीपीमा प्रवेश गर्दैछन् । उनले वीपी काँग्रेसको करुवा चिन्हबाट चुनाव लड्ने तयारी समेत गरिसकेका छन् । मल्लनिकट स्रोतका अनुसार डडेलधुराबाट मल्लले चुनाव लड्ने […]

एमालेको दाबी : स्थानीय चुनावमा काँग्रेस दोस्रो भएको हो

काठमाडौँ । नेकपा एमालेले हालै सम्पन्न स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी नबनेको दाबी गरेको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले जनमतका आधारमा एमाले पहिलो र काँग्रेस दोस्रो भएको बताए । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा पोखरेलले गठबन्धन बनाएर चुनाव जितेको काँग्रेसलाई पहिलो पार्टी भन्न नमिल्ने तर्क गरे । उनले भने, ‘हामीले गठबन्धनसँग चुनाव हारेको साँचो […]

काँग्रेस बागमती प्रदेशका सदस्यहरुलाई चुनाव प्रशिक्षण

नेपाली काँग्रेस बागमती प्रदेश समितिले कार्याकर्ताहरुलाई चुनाव लक्षित प्रशिक्षण दिएको छ ।‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान अन्र्तगत काँग्रेस बागमती प्रदेश समितिले मंगलबार हेटौंडामा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई चुनाव लक्षित प्रशिक्षण दिइएको हो ।काँग्रेस बागमती प्रदेशको आयोजनामा उनीहरुलाई स्थानीय निर्वाचन र एमसीसीका बारेमा फैलाइएको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो ।काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका के

सेटिङ गरेर चुनाव जित्न काँग्रेस–एमाले नै सिपालु छन्, हामीले सक्दैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेटिङ गरेर चुनाव जित्न काँग्रेस एमाले नै सिपालु भएको बताएका छन् । विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए ।‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ’, बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा भने, ‘माओवादीहरू त्यसमा सिपालु छैनन् । त्यसमा काँग्रेस एमाले नै स

नेपाली काँग्रेस धनुषाको दोश्रो चरणको चुनाव शुक्रबार

जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि आज हुने भनिएको दोश्रो चरणको चुनाव शुक्रबारका लागि सारिएको छ । पार्टीको जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले सूचना जारी गर्दै शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा चुनाव हुने जनाएका हुन् । यसअघि, आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो । नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला […]

काँग्रेस लुम्बिनी प्रदेशको चुनाव सकियो, को जित्ला ?

बुटवल, १८ मंसिर । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको मतदान सकिएको छ । कुल मतदाता १६७० रहेको प्रदेशमा १६३१ मत खसेको छ । लुम्बिनीमा संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतर पक्षबाट अमरसिंह पुनबीच प्रतिष्पर्धा छ । प्यानलसहित उम्मेदवार बनेका दुवैले चुनाव जित्ने दाबी गरेका छन् । जिल्ला सभापतिमा बढी संस्थापन इतर समूहले जितेको छ । […]

काँग्रेस ललितपुर जिल्ला सभापति श्रेष्ठले गरे ५ वर्ष चुनाव नलड्ने घोषणा

ललितपुर, १४ मंसिर । नेपाली काँग्रेस ललितपुरका नवनिर्वाचित सभापति जीतेन्द्र श्रेष्ठले अबको पाँच वर्ष कुनैपनि पदमा उम्मेदवार नबने घोषणा गरेका छन् । उनले सांसदको टिकटको आफ्नो दाबी नभएको स्पष्ट पारे । ‘म पाँच वर्ष चुनाव लड्दिनँ,’ श्रेष्ठले प्रतिज्ञा गर्दै भने,‘म चुनाव जिताउन लाग्नेछु ।’ चुनाव लड्ने चाहना राख्नेहरुलाई तयारीमा लाग्न समेत आग्रह गरे । श्रेष्ठले […]

एनआरएनए चुनाव : काँग्रेस र माओवादीको ‘सर्कुलर’ले हलचल

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबर २० मा हुने निर्वाचन थप रोचक बन्ने देखिएको छ । चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका छन् ।  आचार्यको पक्षमा लाग्न काँग्रेस र माओवादी पार्टीले विश्वभरका आफू निकट एनआरएनएलाई आन्तरिक सर्कुलर नै जारी गरेपछि एनआरएनए चुनावको माहोल थप तातिएको हो । एनआरएनएमा आचार्यसँगै बद्री केसी र रविना थापा चुनावी मैदानमा छन् । आचार्य समूहले रविनाले अन्तिम समयमा आएर आफूलाई समर्थन गर्ने विश्वास लिँदै आएको छ भने