सेटिङ गरेर चुनाव जित्न काँग्रेस–एमाले नै सिपालु छन्, हामीले सक्दैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेटिङ गरेर चुनाव जित्न काँग्रेस एमाले नै सिपालु भएको बताएका छन् । विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए ।‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ’, बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा भने, ‘माओवादीहरू त्यसमा सिपालु छैनन् । त्यसमा काँग्रेस एमाले नै स

सम्बन्धित सामग्री

ओलीको प्रतिनिधिसभा विघटन अन्तर्राष्ट्रिय सेटिङ अनुरुप थियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई दुई पटकको प्रतिनिधिसभा विघटन अन्तरराष्ट्रिय सेटिङ अनुरुपको भएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सहभागितामा भएको सो सेटिङलाई आफूहरुले भत्काउन सफल भएको प्रचण्डले बताए ।बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि उल्ट्याउने षड्यन्त्र अनुरुप विघटन गरिएको थियो । त्यसमा ठूलो अन्तरराष्ट्रिय सेटिङ अन्तरगत थियो । देशभित्र पनि प्रतिक्रियावादीह

ओली विक्षिप्त छन्, बरबराउन थालेका छन्– प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली इतिहासमा नराम्ररी पछारिएपछि अहिले विक्षिप्त बनेको बताएका छन्। शनिबार कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८औं स्मृति दिवसको कार्यक्रममा प्रचण्डले भने–“ओली अहिले विक्षिप्त छन्, कहिले बालकोटको बार्दलीबाट बर्बराउँछन् कहिले कता छटपटाउँछन्,उनको यो छटपटाहट धेरै दिन रहन्नँ।” हिजोका ओलीका सेटिङ भत्काएर जनताको पक्षमा सेटिङ गर्नुपर्नेमा उनको जोड थियो।

संसद् पुन:स्थापना भए पनि त्यसपछिका सेटिङ रोक्न सकेनौँ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुन:स्थापनापछि आफूहरू चुकेको प्रष्टिीकरण दिएका छन्। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित नागरिक र नेताहरूबीचको प्रश्नोत्तर कार्यक्रम डबलीमा संसद् पुन: स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइहाल्नेमा आफूहरू विश्वस्त रहेको भन्दै दोस्रो योजनामा गम्भीर नरहेको बताए। विभिन्न सेटिङलाई निस्तेज पार्दै संसद् पुन: स्थापना भए पनि त्यसपछिका सेटिङप्रति भने रोक्न नसकेको बताए। संसद् पुन:स्थापनापछि नेकप

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]

ओलीसँग अब दुई मात्र शक्ति छन्, ‘साइबर स्याल’ र ‘सेटिङ’ : घनश्याम भुसाल

नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब दुई मात्र शक्ति ‘साइबर स्याल’ र ‘सेटिङ’ बाँकी रहेको दाबी गरेका छन् । नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा शुक्रबार आयोजना गरेको विरोध सभामा...

प्रचण्डको उद्घोष– 'केपीको सेटिङविरुद्ध जनताको सेटिङ खडा हुँदैछ'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई जनताको सेटिङले परास्त गर्ने जिकिर गरेका छन् । प्रचण्ड-नेपाल समूहले शुक्रवार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने दाबी गरे । 'केपीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुँदैछ,' प्रचण्डले भने, 'जनताको सेटिङलाई कसैले पनि सिध्याउन सक्दैन ।' उनले सर्वोच्च अदालत र निर्वाचन आयोगले ज...

ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन् : वर्षमान

९ माघ, रोल्पा ।  नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालतमा केपी ओलीको दबाव, प्रलोभन र धम्कीको प्रभाव पर्न नहुने बताएका छन् । प्रधानमन्त्री ओली र उनको समूहका नेताहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिँडेको पुनले बताए । ‘हामीलाई विश्सास छ, संविधानको अक्षर […]

घनश्याम भन्छन् : ‘सेटिङ’ वाहेक अरुले संसद पुनर्स्थापना रोकिन्न

३ माघ, बुटवल । नेकपा प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले ‘सेटिङ’ वाहेक अरुले प्रतिनिधि सभा पुनर्स्थापनालाई रोक्न नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभा विघटन असंवैधानिक र गलत छ भन्ने सामान्य खेलपढ गर्नसक्नेलाई पनि थाहा भइसकेको अवस्थामा पुनर्स्थापनाको विकल्प नभएको उनले बताए । ‘संविधानलाई च्यातिन नदिन र देशलाई फेरि सही ट्रयाकमा ल्याउन प्रतिनिधि सभा पुनर्स्थापनाको […]

प्रचण्ड र नेपालको एउटै स्वर : ओलीको सेटिङ तोडेर छाड्छौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल दुवैले संसद पुर्नस्थापना हुने दावी गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ तोडेरै छाड्ने पनि बताए ।