व्यावसायिक कृषि कर्ममा लाग्न पूर्वमन्त्री अर्यालको आग्रह

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी(एमाले)की नेत्री पद्माकुमारी अर्यालले कृषकलाई व्यावसायिक कृषिकर्ममा लाग्न आग्रह गरेकी छन्। बयेरघारीमा ग्रामीण कृषि सहकारी संस्थाद्वारा आयोजित सामूहिक तरकारी खेतीसम्बन्धी तालीमको आज उद्घाटन गर्दै पूर्वकृषि तथा पशुपन्छीमन्त्री अर्यालले जमीनलाई चक्लाबन्दी गरेर ठूलो संख्यामा कृषि उत्पादनमा लागेमा बेरोजगारी समस्या समाधान गर्न सहयोग पुग्ने बताइन्। ग्रामीण कृषि सहकारी संस्था भीरकोट– २ को आयोजना […]

सम्बन्धित सामग्री

भोटेचौरमा २५ युवाको व्यावसायिक कृषि फार्म

सिन्धुपाल्चोक : पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ। स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन्। कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन्।राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका  भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ। ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका

एनएमबि बैंकको प्रदेशस्तरीय कृषि कर्जा योजना घोषणा

एनएमबि बैंकले प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’ घोषणा गरेको छ । योजना २ वैशाखदेखि ३२ असारसम्म लागू हुने बैंकले जनाएको छ ।बैंकले प्रदेश १ का लागि ‘पाथिभरा व्यवसायिक कृषि कर्जा’, मधेश प्रदेशका लागि ‘मधेश व्यावसायिक कृषि कर्जा’, बागमती प्रदेशका लागि ‘स्मार्ट कृषि कर्जा’ ल्याएको छ । यस्तै, गण्डकी प्रदेशका लागि गण्डकी व्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशका […]

लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि प्रणाली बिस्तार हुँदै

लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि प्रणाली बिस्तार हुँदै गएको पाइएको छ । पछिल्लो पाँच वर्षमा लुम्बिनी प्रदेशमा २३ हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा विभिन्न बालीगत बस्तु बिस्तार भएको छ भने ३० हजार पाँच सयवटा बाख्रा र १३ हजार चार सयवटा मौरीका घार थपिएको सरकारी तथ्याङ्क रहेको छ ।यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत प्रदेशमा रहेका पाँचवटा सुपर जोन र २७ वटा जोनका कार्यक्रमबाट क्षेत्र बिस्तार भएको हो ।  उक्त सुपर जोन अन्तरगत मकैदेखि कफी सम्म खेतीको विस्तार भएको

कृषि उद्यम गर्नेलाई गाउँपालिकाको एक लाख अनुदान

खोटाङको खोटेहाङ गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै व्यावसायिक कृषि उद्यम गरिरहेका युवाले नगद १ लाखसम्मको आर्थिक सहायता पाउने भएका छन् ।विदेशबाट फर्केर गाउँपालिका वा घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गरी व्यवसायिक कृषि तथा पशुपालन गरिरहेका युवालाई गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने भएको हो ।युवाले गरिरहेको कृषि तथा पशुपालन उद्यमशीलतामा टेवा पु-याउने उद्देश्यले गाउँपालिकाको […]

कर्णाली प्रदेशका १० वटै जिल्लामा कृषि क्षेत्र सुधार कार्यक्रम लागू (भिडियो)

सुर्खेत । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको कृषि क्षेत्र सुधार कार्यक्रम कर्णाली प्रदेशका १० वटै जिल्लामा लागू भएको छ । बाली तथा वस्तुको उत्पादकत्व वृद्धि गरी व्यावसायिक कृषि मार्फत कृषकको आम्दानीमा वृद्धि तथा पोषणमा सुधार ल्याउने गरी कार्यक्रम लागू गरिएको हो । उच्च मुल्यका कृषि वस्तुहरुको व्यावसायिक खेतीबाट पहाडी र हिमाली […]

कृषि तारा अवार्ड धादिङका न्यौपानेले जिते

काठमाडौं : दोस्रो कृषि तारा अवार्ड धादिङका उद्धवप्रसाद न्यौपानेले जितेका छन्। इजरायलको राजदूतावास र अवसर फाउन्डेसनले इजरायलबाट कृषि प्रशिक्षण लिएर फर्किएकाहरूमध्येबाट एकजनालाई उत्कृष्ट कृषि तारा अवार्ड दिएको हो।कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव तथा नेपालस्थित इजरायली राजदूत खनान गोदार लगायतले ५ लाखसहित प्रमाणपत्र प्रदान गरे। इजरायलबाट कृषि तालिम सकेर फर्किएपछि व्यावसायिक कृषि कर्ममा लागेका युवाहरूमध्येबाट न्यौपाने उत्कृष्ट भएका हुन्। उनले अहिले ७० बिघामा कृषि

सहुलियतपूर्ण कृषि कर्जामा पनि धितो माग

सहुलियतपूर्ण कर्जाअन्तर्गत व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा पनि बैंकहरू धितोको माग गर्छन् । फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजअनुदानको कृषिका लागि जारी कुल सहुलियतपूर्ण कर्जाको १ दशमलव ८ प्रतिशतमात्रै विनाधितो लगानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा कुल रू. ८८ अर्ब २९ करोड २३ लाख कर्जा प्रवाह भएको छ । यसमध्ये रू.१ अर्ब ६० करोड मात्र बीनाधितो कर्जा दिइएको हो । बाँकी रू. ८६ अर्ब ६९ करोड १५ लाख बराबरका सहुलियत कृषि कर्जा धितोमा मात्रै प्रवाह भएको छ ।फागुन

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा अन्य युवालाई कृषि पेशामा आवद्ध गराई समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख भुसालले बताउनुभयो । कृषि पेशा गर्नेलाई बिनाधितो कर्जा प्रर्वाह गर्न कुनै पनि प्रकारको शुल्क नलाग्ने, ब्याजदर पनि दुईदेखि तीन प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख मुख्य प्रबन्धक लेखनाथ भुसालले बताउनुभयो । सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले इन्टरनेट बैंकिङ, एटिएम सेवा, इबिबिएसलगायतका सेवासमेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ । सन्धिखर्क नगरपालिकाको रु ७५ लाख र नेपाल बैंक लिमिटेडको रु ७५ लाख गरी रु एक करोड ५० लाख कृषि पेशा गर्ने युवालाई रु एक लाखदेखि तीन लाखसम्म सुलभ कर्जा प्रदान गरिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ । कोभिडको कारणबाट स्वदेश फर्किएका, हातमा सीप, श्रम र क्षमतावान युवालाई कर्जामा पहुँच पु-याउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो । नागरिकमा वित्तीय पहुँच पु-याउने, पैसा नभएर उद्यमशील हुन नसकेका र वित्तीय पहुँच नभएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्य कार्यक्रमको उद्देश्य रहेको छ । (रासस)