भोटेचौरमा २५ युवाको व्यावसायिक कृषि फार्म

सिन्धुपाल्चोक : पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ। स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन्। कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन्।राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका  भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ। ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका

सम्बन्धित सामग्री

कृषि फार्म सञ्चालक पलायन हुँदै

सुनसरीमा व्यावसायिक कृषि फार्म सञ्चालन गर्र्नेे कृषकको सङ्ख्या घट्दै गएको छ । कृषकको वित्तीय क्षेत्रमा पहुँच नहुनु, बजार जोखिम हुनु जस्ता समस्याले व्यावसायिक युवा कृषक व्यवसायबाटै पलायन हुन थालेका हुन् ।

सहकारी अनुदान कार्यक्रम अन्योलमा

काठमाडौं । उत्पादकत्व बढाउन र उद्यमशीलता विकास गर्न भन्दै शुरू गरिएको सहकारी संस्थालाई अनुदान दिने कार्यक्रम अन्योलमा परेको छ । संघीय सरकारले बजेट कटौती गरेपछि गतवर्षदेखि अनुदान दिने कार्यक्रम रोकिएको छ । चालू आर्थिक वर्ष (आव) मा पनि अनुदानका लागि स्रोतको व्यवस्थापन नभएको सहकारी विभागले जानकारी दिएको छ । विभागले गत आवमा अनुदान वितरणका लागि आवेदन संकलन गरेको थियो । आर्थिक गतिविधिमा आएको संकुचनसँगै सरकारको आम्दानी घटेपछि बजेट कटौती गर्दा अनुदान काटिएको हो ।  विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायका अनुसार गतवर्ष ३ सय ओटा संघसंस्थाले अनुदानका लागि आवेदन दिएका थिए । ‘हामीले अनुदान वितरणका लागि सबै तयारी गरिसकेपछि अनुदान रकम कटौती भयो,’ उनले भने, ‘चालू आवमा बजेट व्यवस्थापन भएको खण्डमा ती संस्थाको आवेदन पनि मूल्यांकनमा समावेश गर्ने हाम्रो योजना छ ।’ विभागले गत पुसमा सूचना जारी गरी सहकारी संघसंस्थाले सदस्यको उत्पादन सञ्चय, प्रशोधन तथा बजारीकरण गर्न, उत्पादनमूलक औद्योगिक वा व्यावसायिक आयोजना एवं सदस्य केन्द्रित अत्यावश्यक उपभोग्य वस्तुको सहकारी उपभोक्ता भण्डार सञ्चालनका लागि जग्गाबाहेक पूँजीगत निर्माण खरीदका लागि पूँजीगत अनुदान माग्न सक्ने भन्दै प्रस्ताव आह्वान गरेको थियो । यस्तै विभागले श्रमिक, कृषक कालिगढ न्यून आय भएका सीमान्तकृत समुदायले सञ्चालन गरेका र उत्पादनमूलक सहकारी, कृषिजन्य उत्पादनमूलक उद्योग स्थापना गर्न सहकारीलाई चुक्ता पूँजीको निश्चित प्रतिशत अनुदान र उत्पादनमा आधारित नमूना सहकारी प्रवर्द्धन प्रोत्साहन तथा विकास कार्यका लागि पनि अनुदान दिने विभागको योजना थियो । संघीयता कार्यान्वयनसँगै अधिकांश सहकारी प्रदेश र स्थानीय सरकारमातहत गएपछि संघीय सरकारको कम प्राथमिकता छ । स्थानीय र प्रदेशले पनि सहकारीहरूलाई अनुदान दिने गरेका छन् ।  सरकार र सहकारीको साझेदारीमा उत्पादन तथा प्रशोधनका उद्योग सञ्चालन र व्यावसायिक कृषि फार्म सञ्चालन गर्न सरकारले कृषि, पशुपालन, माछापालन, चिया, कफीलगायत क्षेत्रमा समेत अनुदान दिने गरेको छ । दोहोरो अनुदान नपरोस् भनेर सरकारले स्थानीय तथा प्रदेशसँगको सहकार्यमा मात्र सहकारी संघसंस्थालाई व्यावसायिक कामका लागि अनुदान दिन थालेको छ । सहकारी विभागमा अनुदानका लागि प्रस्ताव पेश गर्ने संघसंस्थाले आफ्नो कार्यक्षेत्रका आधारमा नियामक निकायबाट सिफारिशसमेत पेश गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार स्थानीय तहभित्र रहेका सहकारीले स्थानीय सरकारबाट र प्रदेश सरकारअन्तर्गत रहेका सहकारीले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट समेत सिफारिश लिनुपर्ने व्यवस्था छ ।  सरकार र सहकारीको साझेदारीमा उत्पादन तथा प्रशोधनका उद्योग सञ्चालन र व्यावसायिक कृषि फार्म सञ्चालन गर्न सरकारले कृषि, पशुपालन, माछापालन, चिया, कफीलगायत क्षेत्रमा समेत अनुदान दिने गरेको छ । तर, यस्तो अनुदान सदुयोग भए/नभएको विषयमा सरकारलाई न जानकारी छ कुनै तथ्यांक ।

कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेश र समग्र मुलुकको जीविकाको मुख्य आधार कृषि नै रहेको उल्लेख गर्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको बताए।“कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना, खा

‘कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रदेश सरकार क्रियाशील’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेश र समग्र मुलुकको जीविकाको मुख्य आधार कृषि नै रहेको उल्लेख गर्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको […]

पश्चिम चितवनमा कृषि पर्यटनको सम्भावना बढ्दै

चितवन । पश्चिम चितवनमा व्यावसायिक कृषि विस्तार भएसँगै कृषि पर्यटनको सम्भावना समेत बढ्दै गएको छ । यस क्षेत्रमा ड्रागन फ्रुट खेती, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको सम्भावना बढाएको हो । हाल भरतपुर महानगरपालिका–२४ जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारीखेती गर्दै आएको केरुंगा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यको रूपमा विकास भइरहेको छ । सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका लागि उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र बनेको छ । फार्ममा ग्रीन हाउस, थोपा सिँचाइ, कार्य व्यवस्थापन भवन तथा तालीम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानको व्यवस्था गरिएको छ । ६२ बिघा जग्गामा लगाइएको तरकारीखेतीले अहिले फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गएको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त फार्मलाई कृषि पर्यटकीय गन्तव्यको रूपमा घोषणा गर्न सकिने उनको भनाइ छ । आफूहरू अहिले पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माणमा जुटिरहेको मल्लले बताए । १० कठ्ठा जमीनमा निर्माण गरिएको होमस्टेसँगै पर्यटकलाई खेतीबारे समष्टि जानकारी दिन व्यवस्थित सभाहल निर्माण भइसकेको उनको भनाइ छ । ९६ जना स्थानीय किसान उक्त फार्ममा आबद्ध छन् । यसैगरी भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरुङ र उनका भाइ ताइबहादुर गुरुङले ड्रागन फ्रुट खेती थालेका छन् । गुरुङ दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा ड्रागन पु्रmटको खेती र यसको नर्सरी सञ्चालन गरेका छन्, जसकारण उनीहरूको फार्म आन्तरिक पर्यटकमाझ परिचित बन्दै गएको छ । २०६० सालदेखि भरतपुर–२५ शुक्रनगरमा १८ बिघा जग्गामा तरकारीखेती गरेका ५४ वर्षीय गणेशप्रसाद भुसाल बहुवर्षीय फलफूलखेती अन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने योजनामा छन् । भविष्यमा यो क्षेत्र कृषि पर्यटनको हब हुने उनको विश्वास छ । भरतपुर–२५ अमृतनगरका कृष्णप्रसाद न्यौपानेले २०७१ सालदेखि ‘नोबेल एग्रिकल्चर फार्म’ दर्ता गरेर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । साथै डेढ वर्षअघि बायोफ्लक्स प्रविधिमा माछापालन शुरू गरेका छन् । ३५ बिघा क्षेत्रफल रहेका चारओटा पोखरीमा उनले माछापालन गरेका हुन् । सो प्रविधिबाट माछापालन गरिएको उनको फार्म कृषि पर्यटनको  गन्तव्य बन्दै गएको छ । भरतपुर–२५ अमृतनगर जनज्योति टोलका १९ जना युवा सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारीखेतीलाई निरन्तरता दिन उनीहरू ‘युवा आधुनिक कृषि सामूहिक खेती’ समूह गठन गरेर कृषिमा लागेका हुन् । ८० बिघा जमिनमा उनीहरूले सामूहिक खेती थालेका छन् । पश्चिम चितवनका कृषकले माछापालन व्यवसायबाट मनग्गे आम्दानी गर्न थालेका छन् । भरतपुर–२० शारदानगरमा मात्रै ८५ बिगाहा क्षेत्रफलमा माछापालन गरिएको छ । २०४२ देखि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएकोे शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । यो समूह चितवनकै पुरानो र पहिलो माछापालक समूह रहेको उनको दाबी छ । चितवन मौरीपालन व्यवसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६ भूपालनाथ कँडेलले २०५५ सालदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पश्चिम चितवनका शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायत क्षेत्र तरकारीखेतीको पकेट क्षेत्रका रूपमा समेत परिचित छन् ।

फलाम कुटेर बाल्यकाल बिताएका गङ्गाबहादुरको आधुनिक कृषि फार्म

कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुरले बुवाले आरनमा गरेको परिश्रमको कमाइले परिवारको सम्पूर्ण गर्जो टार्नुपर्ने बाध्यता थियो कुनै बेला । कमजोर आर्थिक अवस्थाको परिवारमा जन्मनुभएका उहाँ पनि बुवासँगै कैयौँपटक फलाम पोल्ने कोइला बनाउन जङ्गल जानुपथ्र्याे । उसबेला कैयौँपटक हम्मरले फलामको लिहीमा (तताएको फलाम कुट्ने ठाउँ) फलामलाई नै बजार्नुभयो गङ्गाबहादुरले पनि । आरनमा फलाम कुट्दाकुट्दै बितेको थियो उहाँको बाल्यकाल । बाली (काम गरेवापत दिइने अन्न)मा काम गरेर परिवार पाल्नुपर्ने अवस्थाबाट गङ्गाबहादुर अहिले खोटाङको उम्दा व्यवसायिक कृषक बन्नुभएको छ । आधुनिक तरिकाले व्यावसायिक कृषि खेती गर्न शुरु गर्नुभएका उहाँले आफूलाई जिल्लामा अहिले नमूना कृषकका रूपमा उभ्याउनुभएको छ ।

ड्रागन फलको व्यावसायिक उत्पादन

आजभोलि अगुवा किसान हरिशरण अर्याललाई ड्रागन फल टिप्न भ्याइनभ्याइ छ । ड्रागन फलबारे बुझ्न, चाख्न र हेर्न आउनेलाई सम्झाइबुझाइ गर्दैमा उहाँको दिन जान्छ । व्यावसायिक कृषि फार्म प्रालि र जागरुक कृषक समूहले १८ महिनाअघि मकवानपुरको मनहरी गाउँपालिका–७, रमौलीमा ड्रागन फलको व्यावसायिक खेती सुरु गरेको थियो । बिरुवा रोपेको तीन वर्षमा फल्ने लक्ष्यसाथ सुरु भएको ड्रागन फलले सात महिनामै फल दिन थालेपछि उत्साहित हुनुभएका व्यावसायिक कृषि फार्म प्रालिका सञ्चालक एवं अगुवा कृषक अर्याल भन्नुहुन्छ, “अहिले १८ महिने बिरुवाले दैनिक १५÷२० किलो उत्पादन

कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री नेपाली

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्र्दै उनले प्रदेश सरकारले जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइ व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे । ‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण […]

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

२२ भदौ, कञ्चनपुर । बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐरले कृषि फार्म सञ्चालन …

झिमरुक गाउँपालिकाको नमूना कामः आफैँ सञ्चालन गर्याे कृषि फार्म

झिमरुक गाउँपालिकाले आफैँ कृषि फार्म सञ्चालनमा ल्याएको छ । गाउँपालिका नजिकै पालिकाले आफै व्यावसायिक कृषि फार्म सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका कृषकलाई व्यवासायिक कृषि ज्ञान सिकाउने तथा कृषि क्षेत्रमा उत्पेरित गर्ने उद्देश्यले फार्म सञ्चालनमा ल्याइएको हो ।