कृषि तारा अवार्ड धादिङका न्यौपानेले जिते

काठमाडौं : दोस्रो कृषि तारा अवार्ड धादिङका उद्धवप्रसाद न्यौपानेले जितेका छन्। इजरायलको राजदूतावास र अवसर फाउन्डेसनले इजरायलबाट कृषि प्रशिक्षण लिएर फर्किएकाहरूमध्येबाट एकजनालाई उत्कृष्ट कृषि तारा अवार्ड दिएको हो।कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव तथा नेपालस्थित इजरायली राजदूत खनान गोदार लगायतले ५ लाखसहित प्रमाणपत्र प्रदान गरे। इजरायलबाट कृषि तालिम सकेर फर्किएपछि व्यावसायिक कृषि कर्ममा लागेका युवाहरूमध्येबाट न्यौपाने उत्कृष्ट भएका हुन्। उनले अहिले ७० बिघामा कृषि

सम्बन्धित सामग्री

इजरायल सरकारको ‘कृषि तारा अवार्ड’ धादिङका उद्धव न्यौपानेलाई

काठमाडौ (अस) । इजरायल सरकारले २ वर्षको अन्तरालमा दिने ५ लाख रुपैयाँ राशिको ‘दोस्रो कृषि तारा अवार्ड’ धादिङका कृषि व्यवसायी उद्धवप्रसाद न्यौपानेले प्राप्त गरेका छन् । नेपालस्थित इजरायली दूतावास र गैरसरकारी संस्था अवसर फाउन्डेसनद्वारा बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा न्यौपानेलाई उक्त अवार्डद्वारा सम्मान गरिएको हो । सन् २०१३ मा एक वर्ष इजरायल गएर फर्केका न्यौपानेले नेपाल फर्केर कृषि व्यवसाय शुरू गरेका थिए । देशभरका दशजना कृषकमध्येबाट न्यौपानेलाई उत्कृष्ट कृषक घोषित गरिएको इजरायली दूतावासद्वारा विज्ञप्तिमा उल्लेख छ । इजरायल सरकारको ‘सिकाऊ र कमाऊ’ नामक कार्यक्रमअन्तर्गत नेपालका सयौं कृषक इजरायल गएका थिए । उनीहरू कृषिसम्बन्धी ज्ञान र शीप हासिल गरेपछि स्वदेश फर्केर कृषि व्यवसाय गर्दै आएका छन् । कार्यक्रमका मुख्य अतिथि रहेका कृषि तथा पशुपक्षीमन्त्री महेन्द्रप्रसाद यादवले नेपाली कृषकलाई इजरायल लगेर प्राविधिक शीप सिकाएर पठाएकोमा इजरायल सरकारलाई धन्यवाद दिए । सो अवसरमा नेपालका लागि इजरायली राजदूत हानान गोदरले नेपालका कृषकलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।