लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि प्रणाली बिस्तार हुँदै

लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि प्रणाली बिस्तार हुँदै गएको पाइएको छ । पछिल्लो पाँच वर्षमा लुम्बिनी प्रदेशमा २३ हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा विभिन्न बालीगत बस्तु बिस्तार भएको छ भने ३० हजार पाँच सयवटा बाख्रा र १३ हजार चार सयवटा मौरीका घार थपिएको सरकारी तथ्याङ्क रहेको छ ।यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत प्रदेशमा रहेका पाँचवटा सुपर जोन र २७ वटा जोनका कार्यक्रमबाट क्षेत्र बिस्तार भएको हो ।  उक्त सुपर जोन अन्तरगत मकैदेखि कफी सम्म खेतीको विस्तार भएको 

सम्बन्धित सामग्री

एन आई सी एशिया लघुवित्तद्वारा तरकारीखेती सम्बन्धी तालीम

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले लुम्बिनी प्रदेशमा व्यावसायिक तरकारीखेती सम्बन्धी तालीम दिएको छ । संस्थाको नवलपरासीस्थित भुताहामा रहेको उपप्रादेशिक कार्यालयले संस्थामा आबद्ध सदस्यहरूलाई व्यावसायिक तरकारीखेती सम्बन्धी तालीम दिएको हो । संस्थामा आबद्ध भई तरकारीखेती तथा पशुपालनमा संलग्न तथा व्यावसायिक कृषि गर्न इच्छुक सदस्यहरूलाई तालीम दिइएको संस्थाले जानकारी दिएको छ । तालीम लिएपछि स्थानीय क्षेत्रमा नै व्यावसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी आम्दानी बढाउने उद्देश्यले तालीम दिइएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमरनाथ सेढार्इंले बताए । संस्थाको उपप्रादेशिक कार्यालय भुताहा अन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध   ५० जना सदस्य तालीममा सहभागी थिए । तालीममा आधुनिक कृषि प्रणाली तथा भइरहेका अभ्यासहरू, व्यावसायिक कृषिसम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विश्लेषण, व्यवसायको सुरक्षण लगायतबारे जानकारी गराइएको थियो ।