ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ । सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । […]
चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । देवघाट क्षेत्र विकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । क्षेत्र विकास समितिले पुस ११ गते औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको जनाएको हो […]
१० पुस, काठमाडौं । बजारमा हरियो अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको हो ।
अकबरे खुर्सानीको …
“यसले आम चिकित्सकका मुद्दामा लड्ने मेरो पवित्र भावनामाथि मात्र ठेस पुगेन, आफू सदस्य रहेको संस्थामा उम्मेदवार बन्न पाउने संवैधानिक हकसमेत खोसियो,” डा. शाहीले अपिलमार्फत उल्लेख गरेका छन्। उनका अनुसार उम्मेदवारी खारेजीले संघको विधान र नियमावली मात्र होइन, यसको मूल आत्मामाथि नै चोट पुगेको छ।