फुटबलसँग सम्बन्धित दुई हजार स्कटिश सङ्क्रमित

स्कटल्याण्डमा दुई हजार सङ्क्रमित यूरो कप फुटबल २०२० हेरेकासँग सम्बन्धित रहेको पाइएको छ । जनस्वास्थ्य स्कटल्याण्डले एक हजार ९९१ जना सङ्क्रमित पुष्टि भएकोमा दुई तिहाई इंग्ल्याण्ड बिरुद्ध खेल हेर्न गएकासँग जोडिएको जनाएको छ । गत् जुन १८ मा इंग्ल्याण्ड बिरुद्धको यूरो कप खेल हेर्न सयौंको संख्यामा खेलप्रेमी लण्डन भ्रमण गरेका थिए । जसमध्ये ३९७ जना वेम्ब्ली रङशालामा उपस्थित थिए । ग्लासगौ र हयाम्पडेनमा भएको खेलसँग सम्बन्धित केहीमा सङ्क्रमणको पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, […]

मानव अधिकार आयोगमा दर्ता भएका ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले स्थापनाकालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएका हुन्। उनले अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेको […]

बाटोमा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता

काठमाडौँ,१८ पुष । विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गरेको हो […]

गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने अमेरिकी राष्ट्रपतिको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने घोषणा गर्नुभएको छ । एक भिडियो सन्देशमा राष्ट्रपति बाइडेनले देशको संघीय कारागारमा गाँजा सेवन र राखेको आरोपमा थुनिएका सबैलाई रिहा गर्ने घोषणा गर्नुभएको हो । यो घोषणाबाट गाँजासम्बन्धी अपराधमा सजाय भोगिरहेका झण्डै ६ हजार ५ सय व्यक्ति लाभान्वित हुने बीबीसीले जनाएको छ । बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै जेल हाल्नु उचित नहुने समेत बताउनुभएको छ । बाइडेनले गाँजाको अवैध खरिद–बिक्री, व्यापार र कम उमेरमा हुने बिक्रीमा आवश्यक प्रत...

नेपालमा लागुपदार्थसँग सम्बन्धित अपराध ८ प्रतिशतले वृद्धि

काठमाडौं : नेपालमा लागुपदार्थ र दुर्व्यसनीले प्रमुख चुनौतीका रूपमा देखा पर्दै गएको छ। गृह मन्त्रालयका अनुसार यसको प्रभाव सबैभन्दा बढी युवा पुस्तामा परेको छ।गृहमन्त्री बालकृष्ण खाँणले लागुपदार्थसँग सम्बन्धित अपराध झण्डै ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको बताए। आज काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लागुपदार्थको अपराधमा दोषी भएका ६ हजार भन्दाबढी कैदीबन्दीहरु कारागारमा रहेको बताए।गृहमन्त्री ख

डोटीमा निर्वाचनको तयारी पूरा, एक लाख २३ हजार ५५३ मतदाता

डोटी । स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका […]

बसमा छुटेको तीन लाख ५० हजार सम्बन्धित धनीलाई बुझाइयो

काठमाडौँस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम आज प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ । आज बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुवाहक बसमा उक्त रकम छुटेको थियो ।त्यसपछि शेर्पाले दिएको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त रकम फेला पारी धनीलाई फिर्ता दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । महानगरीय प्

गुल्मीमा प्रहरीले फेला पारेको नगद सम्बन्धित व्यक्तिलाई बुझाइयो

२० साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले फेला पारेको नगदसहित महत्वपूर्ण कागजपत्र सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले रेसुङ्गा नगरपालिका–२ पुरानो बजारमा १३ हजार ६७० रूपैयाँ सहित अन्य आवश्यक कागजात फेला परेको थियो । प्रहरीले फेला पारेको नगद सहितको कागजपत्र सम्बन्धित व्यक्ति धुर्कोट गाउँपालिका–१ नयाँगाउँका सुशील खत्रीलाई कार्यालयमै बोलाएर […]

प्रहरीको सक्रियतामा हालसम्म १० हजार १०७ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १०७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। ती मध्ये ३ हजार ५७६ वटा भरिएका र ६ हजार ५३१ वटा खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म ९ हजार ३७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।

काेराेनासँग सम्बन्धित विषयवस्तुमा बनेको चलचित्र ‘श्री’ दोस्रो हप्तामा

काठमाडौं। कोरोना महामारीकाबीच २७ चैतदेखि प्रर्दशनमा आएको चलचित्र ‘श्री’ दोस्रो हप्तामा प्रवेश गरेको छ। चलचित्रले अपेक्षाकृत व्यापार गरेको वितरक करन श्रेष्ठले बताए। चलचित्र युनिटले चलचित्र पत्रकार संघ नेपाललाई आर्थिक सहयोग समेत गरेको छ। संघको कल्याणकारी कोषमा २५ हजार १०५ रूपैयाँ सहयोग गरेको हो। यो चलचित्र लकडाउनकै समय बनेको थियो। यसको कथावस्तु पनि कोरोना महामारीले पारेको प्रभावसँग सम्बन्धित छ।