काेराेनासँग सम्बन्धित विषयवस्तुमा बनेको चलचित्र ‘श्री’ दोस्रो हप्तामा

काठमाडौं। कोरोना महामारीकाबीच २७ चैतदेखि प्रर्दशनमा आएको चलचित्र ‘श्री’ दोस्रो हप्तामा प्रवेश गरेको छ। चलचित्रले अपेक्षाकृत व्यापार गरेको वितरक करन श्रेष्ठले बताए। चलचित्र युनिटले चलचित्र पत्रकार संघ नेपाललाई आर्थिक सहयोग समेत गरेको छ। संघको कल्याणकारी कोषमा २५ हजार १०५ रूपैयाँ सहयोग गरेको हो। यो चलचित्र लकडाउनकै समय बनेको थियो। यसको कथावस्तु पनि कोरोना महामारीले पारेको प्रभावसँग सम्बन्धित छ।