सदाबहार सडक सकस : स्थानीयले गरे जोरपाटी साँखु सडक अवरोध

काठमाडौं : जोरपाटी साँखु खण्डको बाग्मती पुलमादेखि दक्षिण ढोकासम्मको सडक अवरोध भएको छ। लामो समयसम्म सडक निर्माण नभएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्। सम्बन्धित निकायलाई पटक पटक आह्वान गर्दा पनि सडक निर्माणमा ध्यान नदिएकाले विरोध स्वरुप सडक बन्द गरिएको स्थानीयले बताएका छन्। सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या देखिएको छ। बौद्ध, चाबहिल, रत्नपार्क जाने…

सम्बन्धित सामग्री

स्थानीय बासिन्दाको विरोधका कारण जोरपाटी-साँखु सडक खण्ड ठप्प

काठमाण्डाै - काठमाण्डौको जोरपाटी साँखु सडक खण्ड ठप्प भएको छ । सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहानदेखि यो सडक खण्ड अन्तर्गतको थलीमा प्रदर्शन गरिरहेका छन् । लामो समयदेखि सडक मर्मतको माग गरे पनि पूरा नभएको भन्दै स्थानीय बासिन्दाले  फेरि प्रदर्शन थालेका हुन् । यसअघि पनि उनीहरुले पटक-पटक विरोध गर्दै आएका थिए । तर, ठेकेदारसँग सडक मर्मत गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो ।   सहमति अनुसार सडक मर्मतको काम नभएपछि फेरि स्थानीय बासिन्दाले केही दिनयतादेखि विरोध गर्दै आएका छन् । विरोध प्रदर्शन भइर...

सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे थली-साँखु सडक खण्ड बन्द

काठमाडौं, मंसिर २३ । लामो समयदेखि सडक कालोपत्रे गर्न माग गर्दै आएका काठमाडौंको थलीका स्थानीयबासीले आज पुनः थली–साँखु सडकखण्ड बन्द गरेका छन्। ‘सडक पीडित जनता’ को नामबाट जारी सूचनामा आज  बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख गरिएको छ । थली–साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्रे गर्ने भनिए पनि काम सुरू नभएकाले कालोपत्रे […]

चाबहिल साँखु सडक : पटकपटक बन्याे चुनावी एजेण्डा बनेन सडक

काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले आफू निर्वाचित भएमा जोरपाटी–साँखु सडक दुई वर्षभित्र स्तरोन्नति गर्न नसके राजीनामा दिने घोषणा गरिन्।माओवादी केन्द्रबाट उम्मेदवार बनेकी घर्तीले ३० असोजमा  उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रम सो कुरा बताएकी थिइन्। वर्षौंदेखि चुनावी एजेण्डामा सिमित बनेको  चावहिल साँखु सडक यस पटकको निर्वाचनमा पनि अछुतो रहन सकेन। ओनसरीले साँखु सडकलाई आफ्नो चुनावी एजेण्डा नै बनाए

जोरपाटी-साँखु सडक फेरि बन्यो चुनावी मुद्दा

३० असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले आफू निर्वाचित भएमा जोरपाटी-साँखु सडक दुई वर्षभित्र स्तरोन्नती गर्न नसके राजीनामा दिने घोषणा गरेकी छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी ओनसरीले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई उपस्थित गराएर आइतबार उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रम राखेकी थिइन् । कार्यक्रममा […]

जोरपाटी साँखु सडक दुई वर्षमा स्तरोन्नति गर्न नसके राजीनामा दिने ओनसरीको घोषणा

३० असोज, काठमाडौं । काठमाडौं- २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले जोरपाटी–साँखु सडक दुई वर्षमा स्तरोन्नतिको कार्य सम्पन्न गर्न नसके राजीनामा दिने घोषणाी गरेकी छन् । काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । उनले भनेकी छन्, ‘जोरपाटी–साँखु सडको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाई भएको छ […]

स्थानीय बासिन्दाकाे आन्दोलनका कारण चाबहिल–साँखु सडक खण्ड बन्द

काठमाण्डाै - स्थानीय बासिन्दाको आन्दोलनका कारण काठमाण्डौको चाबहिल–साँखु सडक खण्ड बन्द भएको छ । प्रहरीका अनुसार बिहान साढे ८ बजेदेखि यो सडक खण्डमा एम्बुलेन्स र स्कुल बस बाहेकका अन्य गाडी चल्न दिइएको छैन । यो सडक खण्ड अन्तर्गतको थलीमा सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बाटो अवरुद्ध गरेका प्रहरीले जनाएको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सास्ती भएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् । स्थानीय बासिन्दाले यसअघि पनि सडक मर्मतको माग गर्दै आन्दोलन गर्दै आएका थिए । गएको चैतमा सडकक म...

साँखु सडक अवरुद्ध पार्न उपमेयरकै नेतृत्व, तस्वीरहरू

काठमाडौं :  विगत ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी साँखु सडक खण्ड अझै निर्माण सम्पन्न हुन सकेको छैन। अधिकांश ठाउँमा सडक मर्मतको काम छाडिएको छ। यस्तो बेवास्ता कार्यदेखि स्थानीयबासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आइरहेका छन्।गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीच पर्ने जोरपाटी साखु सडक खण्डको काम नभएपछि  गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा बिहीबार बिहानदेखि अवरुद्ध गरेका छन्।उनीहरूले नारायणटार बागमती पुलदेखि दक्षिण ढोका पुलसम्मको सडक खण्ड बन्द

जोरपाटी–साँखु सडक कालोपत्र गर्न माग गर्दै सडक अवरुद्ध

काठमाडौं :  काठमाडौंको जोरपाटी–साँखु सडक खण्ड कालोपत्र गर्न माग गर्दै थलीका स्थानीयले सडक अवरुद्ध पारेका छन्। थलीको मिलनचोकमा जम्मा भएका स्थानीयले बिहानैदेखि सडक बन्द गरेर विरोध जनाएका छन्।उनीहरुले अत्यावश्यकबाहेक अन्य गाडी चल्न दिएका छैनन्। सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताउँदै आएका छन्।

सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र

काठमाडौं । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको तीन वर्ष बित्न लाग्दासमेत जोरपाटी–साँखु सडक कालोपत्र भइसकेको छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडकमा केन्द्रबिन्दुबाट ११÷११ मिटर बढाएर कालोपत्र गर्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम सुरु गरेको सात वर्षसम्म पनि सडक अलपत्र छ । यसबीचमा […] The post सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.