आफ्नो फोन नम्बर दिँदै ओनसरी घर्तीको घोषणा : दुई वर्षमा जोरपाटी-साँखु सडक बनाउन नसके राजीनामा

काठमाडौं : नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं -२ की उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भए दुई वर्षभित्र जोरपाटी-साँखु सडक निर्माण गर्ने घोषणा गरेकी हुन्।  सत्ता गठबन्धनले उम्मेदवारको परिचय गराउन आयोजना गरेको कार्यक्रममा उनले दुई वर्षमा सडक बनाउन नसके प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणासमेत गरेकी छिन्।  जोरपाटी साँखु सडकखण्ड निर्माण हुन नसक्दा स्थानीयले पटकपटक आन्दोलन…