स्थानीय बासिन्दाकाे आन्दोलनका कारण चाबहिल–साँखु सडक खण्ड बन्द

काठमाण्डाै - स्थानीय बासिन्दाको आन्दोलनका कारण काठमाण्डौको चाबहिल–साँखु सडक खण्ड बन्द भएको छ । प्रहरीका अनुसार बिहान साढे ८ बजेदेखि यो सडक खण्डमा एम्बुलेन्स र स्कुल बस बाहेकका अन्य गाडी चल्न दिइएको छैन । यो सडक खण्ड अन्तर्गतको थलीमा सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बाटो अवरुद्ध गरेका प्रहरीले जनाएको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सास्ती भएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् । स्थानीय बासिन्दाले यसअघि पनि सडक मर्मतको माग गर्दै आन्दोलन गर्दै आएका थिए । गएको चैतमा सडकक म...

सम्बन्धित सामग्री

चाबहिल–साँखु सडक खण्ड अटेर गरेपछि घरमा डोजर

तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो ।

हेर्नुस् अपाङ्ग मैत्री सडकको हविगत :: Pahilopost.com

काठमाडौं : तस्बिरमा देखिएको यो सडक कुनै समय अपाङ्गमैत्री भनिन्थ्यो। खगेन्द्र नवजीवन केन्द्रदेखि जोरपाटीसम्म सडकपेटीदेखि, ह्विलचेयर मार्गसमेत थियो यहाँ। २०७० सालमा खगेन्द्र अपाङ्ग मैत्री सडक घोषणा गरेर सुरु गरिएको यस सडकमा अब अपाङ्ग मैत्री शब्दकै अवशेष पनि बाँकी छैन। चाबहिल-साँखु सडक खण्ड अहिले लामो समयदेखि अलपत्र नै छ। हेर्नुस्