स्थानीय बासिन्दाको विरोधका कारण जोरपाटी-साँखु सडक खण्ड ठप्प

काठमाण्डाै - काठमाण्डौको जोरपाटी साँखु सडक खण्ड ठप्प भएको छ । सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहानदेखि यो सडक खण्ड अन्तर्गतको थलीमा प्रदर्शन गरिरहेका छन् । लामो समयदेखि सडक मर्मतको माग गरे पनि पूरा नभएको भन्दै स्थानीय बासिन्दाले  फेरि प्रदर्शन थालेका हुन् । यसअघि पनि उनीहरुले पटक-पटक विरोध गर्दै आएका थिए । तर, ठेकेदारसँग सडक मर्मत गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो ।   सहमति अनुसार सडक मर्मतको काम नभएपछि फेरि स्थानीय बासिन्दाले केही दिनयतादेखि विरोध गर्दै आएका छन् । विरोध प्रदर्शन भइर...