अध्यक्ष ओलीलाई भेट्नु अगाडि प्रचण्डसँग माधव नेपालको छलफल

काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुअघि वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। मंगलबार बिहान कोटेश्वरस्थित नेकपा एमाले निकटका एक व्यवसायीको घरमा उनीहरुबीच छलफल भएको हो। अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेका बेला सो भेटवार्तालाई चासोका साथ हेरिएको छ। भेटवार्तामा समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

सम्बन्धित सामग्री

दुई वर्षपछि एमाले अध्यक्ष ओली प्रचण्ड निवास खुमलटारमा

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी भैरहेको छ । यसअघि आज बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे छलफल गर्नुभएको थियो । नेपाल र यादवसँगको छलफलपछि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो । यसअघि प्रचण्ड प्रधानमन्...

एमालेमा ओली र माधव समूहको छुट्टाछुट्टै बैठक

नेकपा एमालेको संस्थापन (ओली) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको फरक–फरक स्थानमा बैठक बसिरहेका छन् ।  अध्यक्ष ओली समूहको स्थायी समिति बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा र माधव नेपाल समूहको बैठक बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको हो । ओली समूहको बैठक पौने चार बजे र माधव समूहको साढे २ बजेबाट बसिरहेको हो ।  ओली समूहको बैठकमा खासगरी तीनवटा एजेण्डामा छलफल भइरहेको छ ।  जसमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी तथा पार्टी सदस्यता नवीकरण र वितरण र

ओलीप्रति अझै किन विश्वस्त छैन नेपाल समूह ?

नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल भेटवार्ताको लागि तयार भएको भनिए पनि माधव नेपाल समूह अझै संस्थापन पक्षप्रति आश्वस्त हुन सकेको छैन । साउन ८ गते नै ओली र नेपालबीचमा भेटवार्ता हुने भनिए पनि त्यो समय अहिलेसम्म जुरेको छैन । बरु, ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब दुई घण्टा छलफल गरे ।  एमालेका दोस्रो तहका नेताहरूको पहलमा ओली र नेपाल बीचको भेटवार्ताको तारतम्य मिलाइएको भनिएको थियो । पार्टी अध्यक्ष ओली केही दिनयता नेपाल समूहप्रति नरम रूपमा प्रस्...

'पावर सेयरिङ' मा ओली असहमत, मेरियट वार्ता निष्कर्षविहीन

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको हो । बैठकमा अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । ‘खासगरी अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि वार्ता निष्कर्षविहीन बन्यो,’ ती नेताको भनाइ छ ।तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण्डा वा ‘पावर सेयर

एमाले कार्यदल बैठक आज पनि बस्दै, समय सर्यो

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ ।  बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार विहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।.gr

ओली–नेपालबीच सिंहदरबारमा छलफल जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ पौने ७ बजेदेखि छलफल चलिरहेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल ...

ओलीसँगको छलफलमा खासै प्रगति भएन - माधव नेपाल

काठमाण्डाै - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा खासै प्रगति नभएको बताउनुभएको छ ।काठमाण्डौको एक होटलमा झण्डै डेढ घण्टा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘छलफलमा मैले बोल्ने गरी खासै प्रगति भएन ।’एमाले फुटतर्फ पुगेको अवस्थामा बुधवार पनि अध्यक्ष ओली र नेता नेपालबीच छलफल भएको थियो । आज भएको छलफलले दुवै नेताहरुबीच सहमति हुने र  पार्टी विभाजन टर्ने अनुमान गरिएकोमा नेता नेपालले भने छलफल उत्साहजनक नभएको बताउनुभएको छ ।

मेरियट होटलमा ओली र नेपालबीच छलफल सुरु

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। दुई नेताबीच काठमाडौंको नक्साल स्थित मेरियट होटलमा छलफल सुरु भएको हो। पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन्। अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बिच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो।अध्यक्ष ओली सहित एमालेको संस्थापन पक्षले आफूहरुलाई आफूहरुलाई स्थान नदिएको र गुटलाई प्रश्रय दिएको माधव नेपाल पक्षले आ