नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल भेटवार्ताको लागि तयार भएको भनिए पनि माधव नेपाल समूह अझै संस्थापन पक्षप्रति आश्वस्त हुन सकेको छैन ।
साउन ८ गते नै ओली र नेपालबीचमा भेटवार्ता हुने भनिए पनि त्यो समय अहिलेसम्म जुरेको छैन । बरु, ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब दुई घण्टा छलफल गरे ।
एमालेका दोस्रो तहका नेताहरूको पहलमा ओली र नेपाल बीचको भेटवार्ताको तारतम्य मिलाइएको भनिएको थियो । पार्टी अध्यक्ष ओली केही दिनयता नेपाल समूहप्रति नरम रूपमा प्रस्...