काठमाण्डाै - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा खासै प्रगति नभएको बताउनुभएको छ ।काठमाण्डौको एक होटलमा झण्डै डेढ घण्टा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘छलफलमा मैले बोल्ने गरी खासै प्रगति भएन ।’एमाले फुटतर्फ पुगेको अवस्थामा बुधवार पनि अध्यक्ष ओली र नेता नेपालबीच छलफल भएको थियो । आज भएको छलफलले दुवै नेताहरुबीच सहमति हुने र पार्टी विभाजन टर्ने अनुमान गरिएकोमा नेता नेपालले भने छलफल उत्साहजनक नभएको बताउनुभएको छ ।