रेमिट्यान्सको पैसा सिधै खातामा ट्रान्सफर गर्न सकिने, एनआईसीले ल्यायो यस्तो सुविधा

विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् । योसँग अब मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आएका नेपालीहरुले सहजै

सम्बन्धित सामग्री

एनएमबी बैंकले ल्यायो मान्यजन बचत खाता

एनएमबी बैंकले एनएमबी मान्यजन बचत खाता ल्याएको छ । बैंकले यसअन्तर्गत पैसा राख्नेलाई सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको हो । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकको आवश्यकतालाई मध्यनजर राखी बनाइएको बैंकले जनाएको छ । ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको […]

प्राइम बैंकले ल्यायो पैसा १० गुणा हुने योजना, साथमा बीमा सुविधा पनि

प्राइम कमर्र्सियल बैंकले १० गुणासम्म वृद्धि हुने मुद्दती खाताहरु सार्वजनिक गरेको छ । बैंकले  प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।  प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता  (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि  लक्षित गरि सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ ।  बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन      (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी पाइनेछ । प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) र प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) का निक्षेपकर्ताहरुले १८ घातक रोगका विरुद्ध बीमा (१० लाख), दुर्घटना बीमा (१० लाख) तथा स्वास्थ्य बीमा (१ लाख सम्म) प्राप्त गर्न सक्ने र आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

एनसीसी बैंकले ल्यायो पैसा १० गुणा हुने योजना, साथमा बीमा सुविधा पनि

एनसीसी बैंकले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउने बैंकले जनाएको छ। बैंकका अनुसार सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । साथै पहिलो वर्षको लागि रु.५ लाख सम्मको दुर्घटना बीमा र रु.२ लाख सम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरुबाट सेवा प्रदान गर्दै आएको छ।

सिभिल बैंकले ल्यायो पैसा तेब्बर हुने योजना, साथमा निशुल्क बीमा सुविधा पनि

सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु – दोब्बर प्लस र तेब्बर प्लस ल्याएको छ । यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक रु दश लाख सम्मको जीवन बीमा सुबिधा (रिलायन्स लाईफ इन्सुरेन्ससंगको सहकार्यमा) र रु दश लाखको दुर्घटना बीमा सुबिधा (अजोड इन्सुरेन्स संगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराईने बैंकल  जनाएको छ ।६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईने बैंकले उल्लेख गरेको छ ।बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशत सम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ । बैंकले ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्फत सेवा प्रदान गरिरहेकोे छ । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

एनसेलले ल्यायो, ‘अल नेपाल भ्वाइस प्याक’ योजना

एनसेलले ‘अल नेपाल भ्वाइस प्याक’ योजना संचालनमा ल्याएको छ । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो दरमा भ्वाइस कल गर्ने सुविधा पाउने भएका हुन् । यो योजना अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस कल गर्न सक्छन् । ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् । त्यस्तै, ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् ।त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिप

माछापुच्छ्रे बैंकले ल्यायो कार्डबिनै पैसा झिक्ने सुविधा

माछापुच्छ्रे बैकले नविन सेवाको रुपमा डिजिटल एमबीएल कार्डलेस वीथड्र सुविधा ल्याएको छ । हाल ग्राहकले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएकामा अब बैंकले कार्डलेस वीथड्र सुविधा प्रदान गरेको हो । यसका लागि बैंकका ग्राहकले मोबाइलमार्फत एटीएम सुविधा पाउनेछन् । यद्यपि, यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी बैंकिङ कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।

माछापुछ्रे बैंकले ल्यायो कार्डविना पैसा झिक्न सकिने सुविधा

काठमाडौं । माछापुछ्रे बैंकले कार्डविना पैसा झिक्न सकिने सुविधा ल्याएको छ । हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका बैंकका ग्राहकले अब मोबाइल बैंकिङ सेवा उपयोग गरी ‘कार्डलेस वीथड्रवल’ सुविधा प्रयोग गरी एटीएमबाट पैसा झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न...

एनआईसीले ल्यायो रेमिट्यान्सको पैसा सिधै खातामा ट्रान्सफर गर्न सकिने सुविधा

विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।  योसँग अब मलेसिया, जापान, हङकङ, सिंगापुर,...

एनआईसी एशियाले ल्यायो ‘प्रिमियम समुन्नति बचत खाता’, के-के छन् सुविधा

बैंक पनि, साथीपनि भन्ने मुलनाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआई सी एशिया बैंकले प्रिमियम समुन्नति बचत खाता संञ्चालनमा ल्याएको छ । मुलुक भरिका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ । त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड,क्रेडिट कार्ड,मोबाइल…