प्राइम बैंकले ल्यायो पैसा १० गुणा हुने योजना, साथमा बीमा सुविधा पनि

प्राइम कमर्र्सियल बैंकले १० गुणासम्म वृद्धि हुने मुद्दती खाताहरु सार्वजनिक गरेको छ । बैंकले  प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।  प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता  (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि  लक्षित गरि सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ ।  बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन      (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी पाइनेछ । प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) र प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) का निक्षेपकर्ताहरुले १८ घातक रोगका विरुद्ध बीमा (१० लाख), दुर्घटना बीमा (१० लाख) तथा स्वास्थ्य बीमा (१ लाख सम्म) प्राप्त गर्न सक्ने र आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

सम्बन्धित सामग्री

‘आईएमई पे’ को नयाँ बीमा सुविधा योजना सार्वजनिक

काठमाडौं । ‘आईएमई पे’ ले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा  ‘स्मार्ट हेल्थ- सुरक्षित भव’ नामक नया बीमा सुविधा सार्वजनिक गरेको छ । ‘आईएमई पे’ मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ । ३ सय ६५ रूपैयाँ मा […]

कुमारी बैंकले सार्वजनिक गर्‍यो ‘मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा’ योजना

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ । ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्ने बैंकले जनाएको […]

स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान

बिमितले आफुले रोजेको प्रथम सेवा विन्दुबाट सेवा प्रदान गर्न सकिने तथा सेवा प्रदायकबाट सेवा प्राप्त गर्न नसकेमा प्रेषण पुर्जाको आधारमा प्रेषित गरिएको सेवा प्रदायकबाट मात्र सेवा लिनु पर्दछ। बिमितले अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नविकरणको लागि निवेदन दिन सकिने र नया दर्ता तथा नविकरण भएकाहरुको तोकिएको निश्चित समयदेखि बीमा सुविधा लागू हुने गरेको छ।

स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा

स्वास्थ्य बीमा दर्ता गर्ने बेलामै सम्बन्धित परिवारको सम्पुर्ण बीमित सदस्यहरुलाई  क्युआर कोड सहितको छुट्टाछुट्टै स्वास्थ्य बीमा कार्ड प्रदान गरिन्छ।

माई पे वालेट प्रयोगमा एक लाखको बीमा सुविधा

माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो । माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पे​मार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ । कारोबार...

माई पे वालेट प्रयोग गर्दा एक लाखको बीमा सुविधा

डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो ।माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पेमार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ ।  कारोबार भएको दुई दिनपछि ग्राहकको १ लाखको बीमा योजना कार्यान्वयन हुने जनाइएको छ । बी

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा

डिजिटल वालेट माई पेले वालेट प्रयोग गर्दा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाइने योजना सार्वजनिक गरेको छ । ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ?

डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयोग गर्दा १ लाख दुर्घटना बीमा पाइने भएको हो ।  नेपालमै पहिलो पटक यस्तो योजना ल्याएको माईपको दावी छ । कम्पनीका अनुसार यो अफरले गर्दा ग्राहकलाई कारोबारसँगै बीमा सुविधा उपलब्ध हुनेछ ।  यो सुविधा केवाईसी भेरिफाई गर्ने पहिलो ५ हजार प्रयोगकर्ताका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । बीमाको अवधि...

सामुदायिक वनका उपभोक्तालाई बीमा सुविधा

काठमाडौं, वैशाख ६ । सामुदायिक वनका उपभोक्ताले डढेलो र जनावरबाट आक्रमणबापत बीमा सुविधा पाउने भएका छन् ।नेपालको नमुनाका रूपमा रहेको २२ हजार ४१५ सामुदायिक वन उपभोक्ता समूहसँग आबद्ध रहेका डेढ करोड उपभोक्ताले बीमाको सुविधा पाउने भएका हुन् । यो सङ्ख्या भनेको नेपालको कूल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्या हो । यीमध्ये ११ सयवटा सामुदायिक वन महिलाको […]