रामदेवको गैरकानुनी टेलिभिजन उद्घाटनबारे प्रचण्डले भने, ‘नाई मलाई थाहा छैन’

भारतीय योग गुरु बाबा रामदेवको बहुराष्ट्रिय कम्पनी पतञ्जलिले नेपालमा सञ्चालनमा ल्याएको २ वटा टेलिभिज कानुनसम्मत नरहेको विषय सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयमा मुख खोलेका छन् । ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ नामक टेलिभिजनको उद्घाटन कार्यक्रममा उपस्थित भएका प्रचण्डले गैरकानुनी भन्ने सम्बन्धमा आफूलाई जानकारी नभएको जवाफ दिएका छन् । स्वीकृति लिनुपर्ने निकायबाट स्वीकृति नलिएको टिभी च्यानलको उद्घाटन भएको विषयमा आफूलाई जानकारी नभएको र स्वीकृति दिने निकाय पनि माओवादीले सञ्चालन गरेको मन्त्रालय अन्तर्गत नरहेको जवाफ दिएका हुन् । भरतपुर विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले आफू स्वीकृति दिने व्यक्ति नभएको र आफूले सोध्दा सबै प्रक्रिया पूरा भएको जवाफ पाएको बताएका हुन् । यो पनिःरामदेवको टेलिभिजन ‘गैरकानुनी’ भएको खुलासा, उद्घाटन गरेका प्रधानमन्त्री नै अनविज्ञ‘म स्वीकृति दिने व्यक्ति पनि होइन, मेरो पार्टीले नेतृत्व गरेको मन्त्रालय पनि त्यो सँग रिलेटेड छैन’ उनले भने, ‘अब प्रधानमन्त्री त्यही हुनुहुन्थ्यो, प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसो भएको हुनाले यसको केही टेक्निकल समस्या छ भने मलाई थाहा छैन, तर उहाँहरुले मलाई भन्दा सबै प्रक्रिया पूरा गरिएको छ, विधिवत रूपमै छ भन्नु भएको थियो ।’विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले प्रतिबन्ध गरेको आमसञ्चारमाध्यममा भारतीय योगगुरू र पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपालमा २ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । यी टेलिभिजनको उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र माधब नेपाल तथा गृहमन्त्री बालकृष्ण खाँण उपस्थित थिए ।