पर्वतको आलुले बजार नपाउँदा किसान मर्कामा

व्यावसायिक बन्ने लक्ष्य सहित कृषि ज्ञान केन्द्रले आयोजनामा गरेको खायन आलु उत्पादन प्रवर्द्धनमा लागेका पर्वतका कृषकहरू उचित बजार मूल्य नपाउँदा यतिखेर मर्कामा छन् । आलु उत्पादन गत वर्ष भन्दा यो वर्ष धेरै राम्रो भए पनि उचित मूल्य नपाएपछि कृषकको मर्कामा परेको गुनासो आएको हो ।

सम्बन्धित सामग्री

सुन्तला बिक्री नहुँदा किसान मर्कामा

सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार नपाएपछि मर्कामा परेका हुन् ।

मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् ।

मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् ।

म्याग्दीका कालिजले बजार नपाउँदा किसान निराश

म्याग्दी– कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिज पालन गरेका उद्यमीहरू विस्थापित हुन थालेका छन् ।  लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छवटा कालिज फार्म रहेकामा हाल एकवटा मात्र सञ्चालनमा रहेको छ ।  सञ्चालनमा रहेको […]

मह विक्री नहुँदा चितवनका मौरीपालक किसान मर्कामा

चितवन । लामो समयदेखि मह विक्री नहुँदा चितवनका मौरीपालक किसान मर्कामा परेका छन् । भारतबाट सस्तो मूल्यमा मह भित्रिएपछि प्रतिस्पर्धा गर्न नसक्दा उनीहरूको मह विक्री नभएको हो । जसका कारण चितवनका मौरीपालकको मह अहिले विक्री नभएर मौज्दातमा राख्नुपरेको छ ।  खैरहनी नगरपालिका वडा नम्बर ११ का श्यामबहादुर तामाङले अहिले मह विक्री नभएर ५० ओटा बाल्टिनमा भण्डारण गर्नु परेको बताए । ‘यी मह उत्पादन गरेको करिब ६ महीना भइसक्यो । विक्री नै छैन । न त मूल्य नै छ,’ उनले भने ।  नेपाली मह महँगो र उपभोक्ताले गुणस्तर चिन्न नसक्दा नेपाली महले बजार पाउन नसकेको हो ।  अघिल्लो वर्ष महको विक्री राम्रै भए पनि यस वर्ष विक्री नभएको उनले गुनासो गरे । उनले ८० ओटा घारमा मौरीपालन गरेका छन् । चिउरी र तोरीको सिजनमा उनले मह उत्पादन गरेका हुन् । ५० ओटा बाल्टिनमा ३० किलोका दरले मह मौज्दात रहेको उनले बताए ।  कोरोनाको समयमा महको उपभोक्ता बढ्दा र भारतीय मह कम आयात हुँदा माग बढेको थियो । तर, अहिले महको माग घटेको छ ।  हाल थोक मूल्यमा प्रतिकिलो ३५० रुपैयाँमा मह विक्री गर्न खोज्दा पनि कसैले नकिनेको उनले बताए । मह खुद्रा मूल्यमा प्रतिकिलो ६०० रुपैयाँमा विक्री हुने गरेको छ । उनको मात्रै होइन, चितवनका अधिकांश किसानको मह भण्डारण भएको छ ।  खैरहनी नगरपालिका वडा नम्बर १० का मौरीपालक किसान नवराज पन्तको समस्या पनि उस्तै छ । पन्तसहित १० जना किसानहरूले वनदेवी मौरीपालन समूह नै बनाएका छन् । समूहमा आबद्ध किसानहरूको मह विक्री नभएपछि दुई सयओटा बाल्टिनमा रहेका मह थन्किएका छन् । उनीहरूको समस्या पनि बजार र मूल्य नपाउनु नै हो । ‘अहिले उत्पादन कम छ, बजार पनि छैन, बजार भएको बेला उत्पादन हुँदैन ।’  पछिल्लो समय मौरीले उत्पादन गर्ने फलफूल तथा बालीहरूमा बिषादीको प्रयोग भएको कारण महको उत्पादकत्व समेत घटेको हो । मौरीको आहारा तथा चरन अभावको कारण पनि महको उत्पादन ३५ प्रतिशतले ह्रास आएको छ ।  नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिव शर्मा स्वदेशमै गुणस्तरीय मह उत्पादन गर्दा पनि किसानले बजार नपाएको गुनासो गर्छन् । ‘कम भन्सार र कम मूल्यमा भारतीय मह भित्रिएको छ,’ उनले भने, ‘स्वदेशी महको बजार छैन, विदेशी मह छ्याप्छ्याप्ती छ ।’ शर्माको मात्रै हाल ४ मेट्रिक टन मौज्दातमा रहेको उनले बताए ।  राज्यले मौरी किसानलाई उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने र विदेशी महको भन्सार बढाउनु पर्ने र स्वदेशी महको बजार व्यवस्थापन उनको तर्क छ । शर्माले सरकारले मौरीपालक मैत्री नीति नबनाउँदा किसानले सधैं यस्तो समस्या भोग्नुपरेको बताए ।  चितवनमा देशको कुल उत्पादनको ५५ प्रतिशत मह उत्पादन हुँदै आएको तथ्यांक छ । चितवनमा ३५ हजार ओटा मौरीका घार रहेको महासंघले जनाएको छ ।

अदुवा बिक्री नहुँदा डोटीका किसान मर्कामा

डोटी – अदुवा बिक्री नभएपछि डोटीका किसान मर्कामा परेका छन् । जिल्लाका जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका चनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन । अदुवा उत्पादनमा गएको वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् ।  गएको वर्ष व्यापारीले अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले खरिद गरेका थिए । यस वर्ष प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्...

डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा

काठमाडौँ- डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा परेका छन् । जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन । अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण किसान मारमा परेका […]

भारतीय केराले किसान मर्कामा

केरा खेतीमा लागेका किसान अहिले निकै ठूलो समस्यामा परेका छन् । कम जनशक्ति भए पुग्ने र अन्य खेतीभन्दा धेरै उत्पादन सुने भन्दै केरा खेतीमा लागेका किसानमा निराशा बढ्दै गएको छ। भारतीय केराको निर्बाध आयातका कारण आफ्नो उत्पादनले उचित बजार पाउन नसकेपछि किसानमा निराशा छाएको हो।किसानले २०/२५ रुपियाँमा बिक्री गरेको केरा बजारमा पुग्दा एक सय रुपियाँ हुन्छ। पछिल्लो समय केरा खेतीमा नयाँ-नयाँ रोग देखा परिरहेका छन्। केरामा खपटे घुन र गबारो रोगको प्रकोप देखिएको छ। भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक

बजार अभावमा लाखौँको प्याज कुहिँदै

प्याजको संभावना देखेर बारीभरी प्याज रोप्यौँ’, उनले भने, ‘रोपे अनुसारको प्याज उत्पादन भयो। तर उत्पादन अनुुसार बजार व्यवस्था नहुँदा किसान मर्कामा छौँ।...

केरा आयातले किसान मर्कामा

भारतीय केराको आयातले चितवनका किसान मर्कामा परेका छन् । दसैंको मौका छोपी भारतीय केरा भित्रिएपछि यहाँको उत्पादनले बजार नपाउँदा किसान मर्कामा परेका हुन् ।