केरा आयातले किसान मर्कामा

भारतीय केराको आयातले चितवनका किसान मर्कामा परेका छन् । दसैंको मौका छोपी भारतीय केरा भित्रिएपछि यहाँको उत्पादनले बजार नपाउँदा किसान मर्कामा परेका हुन् ।

सम्बन्धित सामग्री

भारतीय केराका कारण नवलपरासीका केरा किसान मर्कामा

नवलपरासी । भारतबाट आउने केराले नवलपरासीका केरा किसान मर्कामा परेका छन् । भारतबाट निर्वाध केरा आउन थालेपछि नेपाली किसानका केरा बिक्री हुन छाडेको र त्यसबाट नोक्सानी ब्यहोर्नुपर्ने अवस्था आएको किसानहरुले गुनासो गरेका हुन् । नवलपरासीमा वार्षिक १ अर्ब भन्दा बढीको केरा उत्पादन हुने गरेको छ । तर, भारतीय केराका कारण उत्पादन गरेको केरा बिक्री नहुँदा […]

रू. १ अर्ब ३१ करोडको केरा आयात

काठमाडौं । नेपालमै फलाउन सकिने सम्भावना प्रशस्त भएको केरा चालू आर्थिक वर्ष (आव) को ९ महीनामा १ अर्ब ३१ करोड १८ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको अभिलेखअनुसार गत साउनदेखि चैतसम्ममा भारतबाट ४६ हजार १७६ र इन्डोनेशियाबाट १ गरी कुल ४६ हजार १७७ मेट्रिक टनभन्दा बढी केरा आयात भएको छ । केरा आयातका लागि उक्त अवधिमा १ अर्ब ३१ करोड १८ लाख रुपैयाँभन्दा बढी भारत र इन्डोनेशिया गएको देखिन्छ । अघिल्लो आव २०७७/७८ मा भने वर्षभरमा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ५८ हजार ४६५ मेट्रिक टन केरा आयात भएको देखिन्छ । गत आवमा भारतबाट मात्रै केरा आयात भएको भन्सार विभागको अभिलेखले देखाउँछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ७५ हजार ३ सय ६८ हेक्टरमा फलफूल खेती हुन्छ । त्यसमध्ये १६ हजार ६ सय ९९ सय हेक्टरमा केराखेती हुन्छ । त्यसबाट वार्षिक २ लाख ५४ हजार १ सय ६१ मेट्रिक टन केरा उत्पादन हुन्छ । आन्तरिक उत्पादनले ३/४ महीनाको बजार माग पनि धान्न मुश्किल पर्ने गरेको केरा उत्पादक किसान तथा व्यवसायी बताउँछन् । पछिल्लो समय केराखेतीतर्फ किसानको आकर्षण बढेको जस्तो देखिए पनि आवश्यक समयमा मल र औषधि उपलब्ध नहुँदा पछिल्लो समय उनीहरू हतोत्साहित हुन थालेको कैलाली केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामीले बताए । यसको असर उत्पादनमा परेको उनले जानकारी दिए । उनका अनुसार अन्य बालीमा १/२ पटक मल राख्दा पुग्छ तर केराखेतीलाई चैत, असार, असोज र पुस वर्षमा चारपटकसम्म मल हाल्नुपर्ने हुन्छ । यसो नगरे उत्पादनमा ह्रास आउँछ । तर, सरकारले उपयुक्त समयमा किसानलाई मल उपलब्ध गराउन सकेको छैन । यसले खेती गरिरहेका किसान अझै हतोत्साही हुने उनको भनाइ छ । सानोतिनो परिमाणमा सबैजसो जिल्लामा केराखेती हुने भए पनि कैलाली, कञ्चनपुर, चितवन, नवलपरासी, झापालगायत जिल्ला केराखेतीका लागि प्रख्यात छन् । ती जिल्लाका ४ हजार २ सयभन्दा बढी किसान व्यावसायिक केराखेतीमा आबद्ध छन् । नेपालमा केराखेतीको उत्पादन बढाई यसको अयात कम गर्न सरकारले समयमा मल र औषधिको व्यवस्थापन गरी किसानको मेहनतको उचित मूल्य तोक्ने काम गर्नुपर्ने चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी बताउँछन् । केराको आकार, सफाइ, गे्रडिङ, प्याकेजिङ र ब्रान्डिङलगायत मापदण्ड बनाई उपयुक्त मूल्य तोक्ने वातावरण सरकारले बनाउन सके कोही पनि किसान बिचौलियाका कारण ठगिनुपर्ने अवस्था नआउने उनको बुझाइ छ । मल अभावले किसान मर्कामा रासायनिक मलको अभाव हुँदा केराखेती गर्ने किसान मर्कामा परेका छन् । यसपटक केराखेतीमा मल हाल्नुपर्ने समय बितिसक्दा पनि किसानले मल पाएका छैनन् । मल अभावका कारण यतिबेला कैलाली, कञ्चनपुर, चितवन, झापालगायत जिल्लाका केरा किसानले सास्ती बेहोर्नुपरेको छ । खेतमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्ता बढेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका किसान पूर्ण साउदले बताए । ‘स्वदेशमा मलको हाहाकार भएपछि किसान भारतको सीमावर्ती बजार जान थालेका छन् । उताबाट किनेर ल्याएको मल पनि प्रहरीले बोरा च्यातेर बाटोमै फालिदिन्छ । न त सरकारले हामीलाई मल उपलब्ध गराउन सक्छ न सीमापारिबाट ल्याउन दिन्छ । यस्तो अवस्थामा उत्पादन राम्रो हुने कुरै भएन,’ उनले भने । कञ्चनपुरमा २५ सय किसानले करीब ५ सय हेक्टर जमीनमा केराखेती गरेका छन् । कञ्चनपुरको जस्तै अवस्था छ– कैलाली, चितवन र झापाका किसानको पनि । कैलालीमा ७ सय हेक्टर, चितवनमा ३ हजार बिगाहा र झापामा २ हजार बिगाहाभन्दा बढीमा केराखेती छ । यी जिल्लाका किसानले मल अभावका कारण सास्ती खेपिरहेका बेला सरकारी अनुदानको मल विक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीसँग मलको मौज्दात नै छैन ।

मलको अभावले केरा खेतीनै खुम्चियो

काठमाडौं । रासायनिक मलको अभावका कारण झापाका केरा खेती गर्दे आएका किसान मर्कामा परेका छन् । जिल्लामा मल पाउन छाडेपछि केरा उत्पादन घट्नुका साथै खेती खुम्चियोन थालेको छ । पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिई जग्गा भाडामा लिएर केरा खेती गर्दे आएका किसानहरुले भाडा तिर्न समस्या भएको भन्दै जमिन र्फिता दिन थालेका छन् […]

भारतीय केराले किसान मर्कामा

केरा खेतीमा लागेका किसान अहिले निकै ठूलो समस्यामा परेका छन् । कम जनशक्ति भए पुग्ने र अन्य खेतीभन्दा धेरै उत्पादन सुने भन्दै केरा खेतीमा लागेका किसानमा निराशा बढ्दै गएको छ। भारतीय केराको निर्बाध आयातका कारण आफ्नो उत्पादनले उचित बजार पाउन नसकेपछि किसानमा निराशा छाएको हो।किसानले २०/२५ रुपियाँमा बिक्री गरेको केरा बजारमा पुग्दा एक सय रुपियाँ हुन्छ। पछिल्लो समय केरा खेतीमा नयाँ-नयाँ रोग देखा परिरहेका छन्। केरामा खपटे घुन र गबारो रोगको प्रकोप देखिएको छ। भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक

रोग ढिलो पत्ता लाग्दा कुहिए केरा

केरा खेतीमा रोग लागेपछि किसान मर्कामा परेका छन् । पश्चिम नवलपरासीको केरा पकेट क्षेत्र प्रतापपुर र सुस्ता गाउँपालिकामा ब्ल्याक सिगाटोका नामक रोग फैलिएपछि बगानमा नै केरा कुहिएका हुन् ।

बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् । खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ । बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए ।

केराको बिमा गर्न आनाकानी

बिमा कम्पनीले केरा खेतीको बिमा गर्न आनाकानी गर्दा पश्चिम नवलपरासीका किसान मर्कामा परेका छन् । उखु खेती लगाएर वर्षौंसम्म भुक्तानी नपाएपछि केरा खेती लगाउन सुरु गरेका किसानलाई यसको पनि बिमा नहुँदा बर्सेनि घाटा बेहोर्नुपरेको छ ।