इजरायलले एक तेल ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाएको छ।
अरब सागरस्थित ओमनको तटीय क्षेत्रमा इजरायली कम्पनी जोडियक मारिटाइनले व्यवस्थापन गर्ने इन्धनका ट्यांकरमाथि बिहीबार आक्रमण गरिएको थियो। जसमा एक बेलायती र रोमनियन नागरिकको मृत्यु भएको थियो। लाइबेरियाको झण्डा र जापानी स्वामित्वको जहाजको ट्यांकरको व्यवस्थापन कार्यालय बेलायतमा रहेको छ।…