गाजाको अल सिफा अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना

२९ कात्तिक, काठमाडौं । इजरायली सेनाले गाजाको ठूलोमध्येको एक अल सिफा अस्पतालमा प्रवेश गरेको छ । इजरायली सेनाले अस्पताल प्रवेश गरेर त्यहाँको सबै तला र कोठाहरुमा सर्च गरेको छ । इजरायली सेनाले यो अस्पतालमा हमासले आफ्नो हतियारहरु लुकाएको जिकिर गरेको छ । अस्पतालमुनिको सुरुङबाट हमासले आफ्नो कमाण्ड सञ्चालन गरेको पनि इजरायली सेनाको दाबी छ । […]