काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनमा १५ प्रतिशतले वृद्धि गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेको बजेटमा उक्त कुरा समेटिएको छ। प्रहरीको मनोवल उच्च बनाइराख्न खाइपाइ आएको राशनमा १५ प्रतिशतले वृद्धि गरिएको मन्त्री पौडेलले बताए।