पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा झन्डै ४ बिघाको धान बाली केमिकल मिसिएको पानीका कारण नष्ट भएको प्रमाणित भएको छ । धान बाली नष्ट भएको क्षेत्रको पानीको नमुना परीक्षण गर्दा केमिकल भेटिएको हो । साउन अन्तिम साताको बाढीले डुबान भएको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा एकाएक धानका बोट सुकेर नष्ट भएका थिए ।