पहिरोले सयौँ रोपनी धान बाली नष्ट, पाँच घर विस्थापित

जाजरकोट  :  यहाँको नलगाड नगरपालिका वडा ८ कायखेत स्थित सयौँ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ। शनिबार बिहान आएको पहिरोले कायखेतमा रहेको धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन्। हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायतका ५ जनाको घर परिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन्। ...