राष्ट्रिय जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता हुन एकीकृत पार्टीको विधान र घोषणापत्रबारेको विवादले अवरोध गरेको छ। राजपा नेता बुधबार निर्वाचन आयोगमा गई पार्टी दर्ता गराउने कार्यक्रम मंगलबार तय गरिएको थियो। त्यसै अनुसार बुधबार बिहान ११ बजे अध्यक्ष मण्डलको बैठक बोलाइएको थियो।