मुख्यमन्त्रीले विश्वासको मत लिने लुम्बिनी प्रदेशसभा बैठक शुरू

लुम्बिनी प्रदेश सभाको बैठक पुनः शुरू भएको छ ।  आधा घण्टाका लागि स्थगित गरिएको बैठक भर्खर शुरू भएको छ । बैठकमा मुख्यमन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनेछ । बैठक शुरू भए पनि प्रतिपक्ष दल एमाले बैठकमा सहभागी छैन । सूर्य चिह्नबाट निर्वाचित सांसदहरू अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ । नेकपा एमालेका सांसद एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठक बहिष्कार गरिएको जानकारी दिए ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाउनुभएको छ ।

विश्वासको मत लिनुअघि सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री महरालाई दबाब

३० चैत, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले …

लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चैत ३० गते शुक्रबार विश्वासको मत लिने भएका छन् । उनी शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक सभामुख तुलाराम घर्ती मगरले तोकेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । महरालाई गठबन्धन दल […]