बुटवल । सत्ता पक्षले नै बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफसमेत दिइसकेपछि सत्तारुढ दल एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।बजेटलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने बेलामा सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।बजेट पारित नहुने सम्भावना देखेपछि सत्तापक्षले प्रदेशसभा बैठक नै बहिस्