रुकुम – रुकुम पश्चिमको मुसिकोटबाट हराएका तीन जना बालक सल्यानको लुहाममा भेटिएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर–१ का १२ वर्षका आयुष किरण बि.क., १३ वर्षका रोहित खत्री र १५ वर्षका दिनेश पुरी सल्यानको त्रिवेणी गाउँपालिका –६ लुहाममा सकुशल फेला परेका हुन् ।
उनीहरु साउन ९ गते बेलुका ६ बजेदेखि हराएका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आफन्तले बालक हराएको जानकारी गराएपछि खोजी थालिएको थियो । रुकुम पश्चिमको मुसीकोटबाट बसमा चढेका उनीहरु सल्यानसम्म...