३ दिनदेखि हराएका बालक मृत फेला

३ दिनदेखि हराएका मोरङको बुढीगंगा गाउँपालिका–५ हात्तीमुडाका बालक मृत अवस्थामा फेला परेका छन् ।  स्थानीय उपेन्द्र रायका १४ वर्षीय छोरा निश्चल रायको शव बुधवार बिहान घरदेखि पूर्वपट्टीको सिंघीया खोलामा फेला परेको हो । निश्चल कात्तिक २२ गतेदेखि हराएका थिए । ३ दिनदेखि हराएका निश्चलको शव घरदेखि करीब १ किलोमिटर पूर्वमा रहेको सिंघीया खोला छेउमा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।  बालकको शव कपडा खोलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ रहेको छ । घटनाको थप अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ...

सम्बन्धित सामग्री

कैलालीमा एक बालक मृत फेला

धनगढी। कैलालीमा एक बालक मृत भेटिएका छन्। जिल्लाको भजनी नगरपालिका–७ पृथ्वीपुरका पवन लोनीयाका डेढ बर्षीय छोरा देवान्स लोनीया मृत भेटिएका हुन्। आफ्नै घर आँगनको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा इलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

चार हप्तादेखि बेपत्ता बालक मृत फेला

बैतडी : चार हप्तादेखि बेपत्ता बैतडीका एक बालक मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका  १४ वर्षीय रमेश भट्ट मृत  भेटिएका हुन्।रमेश पञ्चेश्वर गाउँपालिका–०३ मड्वल्या खोलाको खानेपानी ट्याङ्की नजिक झाडीमा रमेशको शव  भेटिएको आफन्त वीरेन्द्र भट्टले जानकारी दिए।  खानेपानी लाइन बनाउन गएका  स्थानीयले  उनको शव देखेका हुन्। शव सडेको अवस्थामा फेला परेको  भट्टले बताए। रमेशको टाउको र शरीरको भाग छुट्ट

खेल्न गएका बालक मृत फेला

जिल्ला प्रहरी कार्यालका अनुसार बालक आशिषलाई दिउँसो १ बजेतिर झुन्डिएको अवस्थामा फेला परेपछि इलाम अस्पताल ल्याइएको थियो।...

बेपत्ता दुई बालक मृत फेला

खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई जना बालकको शव भेटिएको छ । बाँसगढी नगरपालिका माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।स्थानीय ग्यांन नदीमा नुहाउन गएका ती दुवै जना बालक बिहीबार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय मोतिपुरमा खबर गरिएको थियो । हराएका दुवै जना बालकको शव सोहि खोलाको किनारमा शुक्रबार बिहान फेला परेको हो । घरबाट समेत थाहा नदिएर गएका दुवै जना बालक सो खोलामा पौडि खेल्ने क्रममा डुबेको

अमेरिकामा वासिङ मेसिनमा मृत फेला परे बालक

संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् बिहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन् । फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलो पटक स्थानीय समयअनुसार बिहीबार बिहान साढे बजार हराएका थिए ।उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दा सम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अझै घटनाको

पाल्पामा बालक मृत फेला

गत चैत ३० गतेदेखि घरबाट हराएका घिमिरेलाई आफ्न्तले खोजतलास गर्दै जाँदा घर नजिकैको खोलामा रहेको पानीमा डुबेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

डोटीमा बालक मृत फेला

जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमा

चर्चभित्र ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

न्युज अफ नेपाल, रूपन्देही । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा फेला परेका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा संचालन गरिएको चर्चमा बाबु रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको स्थानीयहरुले बताएका छन् । लगत्तै […]

चर्चभित्र मृत भेटिए ९ वर्षीय बालक

४ पुस, बुटवल। बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएका स्थानीय हिरामणी न्यौपानेले बताए। घटना […]