काठमाडौँको कपनबाट हराएका ४ वर्षका पीयूष शर्मा भारतमा फेला परेका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । बालकको अपहरण भएको आशङ्कामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको थियो ।भारतको बिहान घर भएका पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए । बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको थाहा भएको छ । ‘हजुरबुबाले बच्चालाई विहारस्थित आफ्नो घरमा ल्याएका छन्’ एसपी बस