माओवादी केन्द्र परित्याग गर्नुभएका विष्ट एमालेमा

सुर्खेत – माओवादी केन्द्र परित्याग गर्नुभएका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ । आज आइतवार वीरेन्द्रनगरमा एमाले प्रदेश कमिटीले आयोजना गरेको वृहत् कार्यकता भेलामा विष्ट एमाले प्रवेश गर्नुभएको हाे । उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गर्नुभएकाे थियाे । विष्टसहित माओवादी केन्द्र र अन्य पार्टीबाट केही व्यक्ति एमाले प्रवेश गरेका छन् । विष्टले माओवादी केन्द्र आफ्ना एजेन्डाबाट विचलित भएकाले आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले माओवादी ...

सम्बन्धित सामग्री

माओवादी परित्याग गर्दै एमाले प्रवेश गरे छक्कबहादुर

नेकपा माओवादी केन्द्र परित्याग गरेका लामालाई बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

चौताराका पूर्वमेयर तामाङद्वारा माओवादी केन्द्र परित्याग

सिन्धुपाल्चोक, भदौ ५ । चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङले नेकपा माओवादी केन्द्र परित्याग गरका छन्। पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको आरोप देखाउँदै तामाङले माओवादी केन्द्र परित्याग गरेका हुन्। माओवादी व्यक्तिवाद र स्वार्थ केन्दित भएको उनले आरोप लागाए। पूर्वमेयर तामाङ नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन्। सोमबार दिउँसो १ बजे […]

माओवादी परित्याग गरेका जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र परित्याग गरेका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

महराका स्वकीय सचिव शर्माले त्यागे माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले  माओवादी केन्द्र परित्याग गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि आफूले माओवादी...

कर्णाली प्रदेश सांसद बिष्टले छाडे माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजिनामा […]

एमसिसी पास गरेपछि वडाध्यक्षले छाडे माओवादी केन्द्र

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ का वडाध्यक्ष बहादुरसिंह महराले नेकपा (माओवादी केन्द्र) परित्याग गरेका छन्।अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि महराले चार दिनअघि पार्टी र वडाध्यक्ष दुबै छाड्ने घोषणा गरेका थिए। महराले बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन्।महराले विज्ञप्तिमा एमसीसी पारित गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू लगायतका इमान्दार नेता कार्यकर्तालाई लज्जित बनाएको दुखेसो पोखेका छन्। एमसीसी पारित गर्ने प्रचण्डको कदमलाई उनले जघन्य राष्ट्

प्रकाश रोकायाद्धारा माओवादी केन्द्र परित्याग

नेकपा (माओवादी केन्द्र)का तत्कालीन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन्।

माओवादी केन्द्र खारेजको माग गर्दै बादलसहितका नेता निर्वाचन आयोग जाँदै

काठमाडौँ। नेकपा माओवादी केन्द्र खोरेजीको माग गर्दै माओवादीका पूर्व नेताहरू निर्वाचन आयोग जाने भएका छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै बादलसहितका पूर्व नेताहरूले आयोगमा उजुरी दिन लागेका हुन् । माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतलाई कारबाही गरेको […]

माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको  हो ।निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनाअनुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी