माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको  हो ।निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनाअनुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी

सम्बन्धित सामग्री

गृह मन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रिय सभा बैठकमा उहाँको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ । पार्टीले शुक्रवार (आज) राष्ट्रिय सभा सचिवालयलाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराए...

सासंद पद रिक्त रहेकाेबारे संसद् सचिवालयले निर्वाचन आयाेगलाई जानकारी गराउने

काठमाण्डाै – प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा बिहीवारदेखि चार सांसदको पद रिक्त भएको हो ।   प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसदहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशङ्कर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भए...