कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ का वडाध्यक्ष बहादुरसिंह महराले नेकपा (माओवादी केन्द्र) परित्याग गरेका छन्।अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि महराले चार दिनअघि पार्टी र वडाध्यक्ष दुबै छाड्ने घोषणा गरेका थिए। महराले बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन्।महराले विज्ञप्तिमा एमसीसी पारित गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू लगायतका इमान्दार नेता कार्यकर्तालाई लज्जित बनाएको दुखेसो पोखेका छन्। एमसीसी पारित गर्ने प्रचण्डको कदमलाई उनले जघन्य राष्ट्