नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटीका पूर्वसदस्य छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीसहित ४७ जना नेता तथा कार्यकर्ताले माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।
बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटबाट उनीहरूलाई पार्टी प्रवेश गराएका थिए ।
दोर्ची २०६४ सालको संविधानसभामा हुम्लाबाट सभासद् बनेका थिए । उनको नेतृत्वमा ४७ जना भन्दा बढी एमालेमा प्रवेश गरेका हुन् ।
एमालेमा प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका ५ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्...