नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार देश बनाउने वा विकास गर्नेभन्दा पनि ‘टालाटुली बाटुली, कति राम्री कठपुतली’ भएको आरोप लगाएका । शुक्रबार महेन्द्रनगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनसँग कुनै दृष्टिकोण र भिजन नभएका कारण देशको विकास र सुशासनका लागि एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताए ।