माओवादी महाधिवेशनप्रति ओलीको टिप्पणी- समाजवादको नेपाली बाटो भनेर लफ्फाजी गर्ने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको आठौं महाधिवेशनबाट पारित ‘समाजवादको नेपाली बाटो’ नामको प्रतिवेदनलाई लफ्फाजीको संज्ञा दिएका छन् । वामपन्थी सरकार ढालेर विरोधी विचारको सरकार बनाउनेले समाजवादको कुरा गर्न नमिल्ने ओलीको टिप्पणी छ ।  ६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले माओवादीले कुरो एउटा र काम अर्कै गरेको आरोप लगाएका हुन् । ‘हाम्रो पार्टीविरुद्ध फिँजाइएका भ्रम र अन्योलमा पर्न पनि जरुरी छैन । कुनै कुनै पार्टीका महाधिवेशन देखेका छौं, दुई ...