तीन वर्षदेखि जोरायल–२ घण्टेश्वरीकी इन्द्रा ओली दाब्बी जातको गहुँ बाली जोगाउन दिनरात खटिंदै आएकी छन् । ओसिलो क्षेत्रमा पनि फल्ने तथा पिठो नरम हुने विशेषता रहेको दाब्बी गहुँ घण्टेश्वर क्षेत्रमा मात्र फलाइन्छ । गहुँको महत्त्वबारे गाउँका बुढापाकाबाट थाहा पाएपछि उनी तीन वर्षदेखि यसको संरक्षणमा जुटेकी हुन् ।