दैलेख जिल्लाको नारायण नगरपालिकाले रैथाने बाली संरक्षण अभियान सञ्चालन गरेको छ । कर्णाली प्रदेशले अर्गानिक प्रदेश बनाउने निर्णयअनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियान सञ्चालन गरेको हो । नारायण नगरपालिकाको कृषि शाखाले रैथाने बालीको संरक्षण अभियानअन्तर्गत सार्वजनिक क्षेत्रमा खाद्य परिकार प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो ।