चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ । अघिल्लो एक वर्षमा नेपाल भित्रिएकोभन्दा बढी रकमको मोबाइल फोन चालु आर्थिक वर्षको पहिलो १० महिनामै भित्रिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको