चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो । उक्त मूल्यमा ४२ लाख ५९ हजार ९८९ थान मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ । पछिल्लो आठ महिनामा नेपालले सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ । चीनबाट सो अवधिमा १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँको मोबाइल फोन सेट नेपालमा