मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताएका छन् । बिहीवार मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टमको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको आरोप लगाएका हुन् । उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठुलो विकृति बढेको बताए । अध्यक्ष मलहोत्राले नेपालमा ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरू चोरी पैठारीबाट नेपाल भित्रिने गरेको दाबी गरे । धेरै लामो समयको प्रयासपछि मोबाइल सेटहरूमा मोबा