बाढी, डुबान व्यवस्थापन गर्न सबै एकजुट हुनुपर्नेमा कैलाली र बर्दियाका ५ पालिकाको जाेड

बर्दिया । कर्णाली नदीको तटिय क्षेत्रका बासिन्दाहरुको समस्याको रुपमा रहेको कर्णाली नदीको बाढी डुबान व्यवस्थापन गर्न सबै एकजुट भएर लाग्नुपर्ने सरोकारहरुले निष्कर्ष निकालेका छन् । सामाजिक विकास तथा अनुन्धान केन्द्र बाँकेले बर्दियाको राजापुरमा आयोजना गरेको बाढी प्रकोप न्यूनीकरणका लागि प्रकृतिमा आधारित समाधान उपाय विषयक अन्तरपालिका स्तरीय कार्यशालामा सहभागीहरुले सबै जना एकजुट हुनुपर्नेमा जाेड दिएका छन् […]

सम्बन्धित सामग्री

जसपा नेपाल र लोसपा नेपालबीच पहिलोपटक कैलालीमा गठबन्धन

कैलाली । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन् । दोस्रो पटक प्रतिनिधिसभा विघटनलगत्तै बिभाजित भएका दुई पार्टीका नेताहरुले कैलालीमा भने स्थानीय तहको निर्वाचनका लागि पुनः एकजुट भएको घोषणा गर्दै दुई दलबीच गठबन्धन गरेर जाने निर्णय गरेका हुन् […] The post जसपा नेपाल र लोसपा नेपालबीच पहिलोपटक कैलालीमा गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘किसान एकजुट नहुँदा कृषिका समस्या समाधान भएनन्’

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले कृषि क्षेत्रको विकासका लागि किसानहरू एकीकृत हुन नसकेको बताएका छन् ।नेपाल अण्डा उत्पादक संघ, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली र कञ्चनपुरको आयोजनामा शनिबार भएको ९औं राष्ट्रिय पोल्ट्री दिवसको समुद्घाटन गर्दै मन्त्री तामाङले किसानहरुका समस्या भएपनि एकल आधारमा कृषि खेती गर्दा समस्याको समाधान हुन नसकेको बताए । […]

नेपालमा महामारी केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने : स्वास्थ्य मन्त्रालय

जेठ ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने जानकारी दिएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने भएकाले सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईमा लागि पर्दा पनि संक्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताए । उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस संक्रमणको कारण रहेको उल्लेख गरे । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको संक्रमण बढिरहेको बताए ।  मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरेका  छन् । उनले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमी आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताए ।  जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लंघन भइरहेको देखिन्छ उनले जारी गरेको सूचनामा भनिएको छ । यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सबैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सबैको सहयोग हुनुपर्ने बताए । मन्त्रालयको अनुसार मोरङ, काठमाडौं, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी संक्रमणको उच्च जोखिम रहेको जानकारी दिएको छ । सोमवार मात्र नेपालमा नौ हजार २४७ जना संक्रमित, २१४ को निधन र पाँच हजार ७६७  निको भइ घर फर्किएका छन् । रासस

प्रधानमन्त्रीको कदमले सहिदको रगतको अवमूल्यन गर्‍याे : भट्ट

धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज मनोज भट्टले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सहिदहरुको रगतको अवमूल्यन गरेको बताउनुभएको छ । विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै राजमो कैलालीले सोमबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टले अप्रधानमन्त्री ओलीको कदम अप्रजातान्त्रिक र असंवैधानिक भएको बताउनुभयो । संसद विघटन गरि वैशाख १७ र २७ गते निर्वाचनको मिति तोक्नु गलत भएको भन्दै उहाँले प्रधानमन्त्रीले संसद विघटन गर्नै नसक्ने जिकीर गर्नुभयो । उहाँले राजमो मात्र नभएर २०६२–२०६३ को जनआन्दोलनमा सहभागि भएका सम्पूर्ण शक्ति पनि अहिले प्रधानमन्त्री ओलीले चालेको कदमका विरुद्धमा भएको भन्दै अहिले सम्पूर्ण जनता एकजुट भएर आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । नेता भट्टले २०६२–६३ मा सामेल लाखौं लाख जनताको चाहना विरुद्ध प्रधानमन्त्री ओलीले कदम चालेको आरोप लगाउनु भयो । उहाँले अहिलेको संविधानमा बहुमत प्राप्त कसैले पनि संसद भंग गर्ने व्यवस्था नरहेको स्पष्ट गर्नुभयो । राजमो कैलालीले ‘संसद विघटनको विरोध गरौं, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरोध गरौं’ भन्ने नारासहित धनगढीको पार्क मोडमा विरोधसभा सम्पन्न गरेको हो । कार्यक्रमलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव खड्क राना, नेकपा (मसाल) कैलाली जिल्ला प्रवक्ता मिलन शाही, अखिल (छैठौं) का हेमराज भट्टले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रम राजमो जिल्ला सचिवालय सदस्य डबल बोगटीको सञ्चालन तथा जिल्ला सचिव जगत जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै देशब्यापी आन्दोलन गर्दै आएको छ । संसद विघटन भएदेखि नै संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको राजमोले देशब्यापी थप कार्यक्रमको घोषणा समेत गरेको छ ।

सुदूरपश्चिममा पनि संसद विघटन विरुद्ध प्रदर्शन, कुन नेताले के भने ?

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य एवं पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट असंबैधानिक कदमकाविरुद्ध सबै जनता एकजुट भएर लाग्नुपर्ने बेला आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षल सरकारको असंवैधानिक कदमक...