नेपालमा महामारी केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने : स्वास्थ्य मन्त्रालय

जेठ ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने जानकारी दिएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतीपूर्ण रहने भएकाले सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईमा लागि पर्दा पनि संक्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताए । उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस संक्रमणको कारण रहेको उल्लेख गरे । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको संक्रमण बढिरहेको बताए ।  मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरेका  छन् । उनले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमी आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताए ।  जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लंघन भइरहेको देखिन्छ उनले जारी गरेको सूचनामा भनिएको छ । यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सबैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सबैको सहयोग हुनुपर्ने बताए । मन्त्रालयको अनुसार मोरङ, काठमाडौं, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी संक्रमणको उच्च जोखिम रहेको जानकारी दिएको छ । सोमवार मात्र नेपालमा नौ हजार २४७ जना संक्रमित, २१४ को निधन र पाँच हजार ७६७  निको भइ घर फर्किएका छन् । रासस  

सम्बन्धित सामग्री

रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने भएको छ।

एसईई चैत पहिलो हप्ता, सबै विषयमा ३५ ल्याए मात्र पास

२५ पुस, काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, […]

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार’

काठमाडौं । नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक दाबी गरिएको डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद १ लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न […]

एक हप्ता नहुँदै उप्कियो कालोपत्रे

सल्यान : प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ।श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो।मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ।करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ कर

काठमाडौँमा एक हप्ता फोहोर नउठ्ने

काठमाडौँ – काठमाडौँको फोहोर एक हप्ता नउठ्ने भएको छ। बञ्चरेडाँडा जाने सडक निर्माणको काम भइरहेको हुँदा एक हप्ता फोहोर नउठ्ने भएको हो। काठमाडौँ महानगरपालिकाले एक हप्ता आफ्नो घर, पसल, व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन अनुरोध गरेको छ। महानगरले अपिलमा भनेको छ, ‘काठमाडौँ उपत्यकाको फोहोरमैला विसर्जनस्थल […]

सेनापति किन दुई हप्ता घरबिदा बस्दैछन् ?

काठमाडौं, १९ पौष । प्रधानसेनापति प्रभुराम शर्मा दुई हप्ता घरबिदा बस्दैछन । उनी घर बिदामा बस्ने भएपछि मन्त्रिपरिषदले कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी बलाधिकृत रथी बालकृष्ण कार्कीलाई तोक्ने गरी सिफारिश गरेको छ । रथी कार्कीले दुई हप्ता सेनापतिको कार्यभार कायममुकायम भई सम्हाल्नेछन् । दुई हप्ता सेनापति बिदामा बस्न लाग्नुलाई चासोका साथ हेरिएको छ । […]

बाँकेमा एक हप्ता थपियो निषेधाज्ञा

बाँकेमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एक हप्ता लम्ब्याइएको छ

लमजुङमा निषेधाज्ञा एक हप्ता लम्बियो

कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय लमजुङले जारी निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । जिल्लाभर लागू हुने गरी १० वैशाखको राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । सरकारबाट...

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

काठमाडौँ / चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । “चन्द्रागिरिले चालु... The post चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने appeared first on Purbeli News.