आचारसंहिताविपरीत विरोध खतिवडा र इन्द्र बानियाँले बाँडे पैसा
सत्ता गठबन्धनबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा र प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाँले १५–१५ हजार रुपैयाँ बाँडेको खुलासा भएको छ ।
यस क्षेत्रबाट यसअघि एमाले उम्मेदवारको रुपमा पूर्व स्वास्थ्यमन्त्री खतिवडाले जित्दै आएका थिए। तर पार्टी विभाजनपछि एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनी पराजित भएका हुन्।
मकवानपुर - मकवानपुर क्षेत्र नम्बर–२ मा १ हजार ७५१ मतले सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडा पछाडि पर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बनाउँदै आउनुभएको छ ।
मकवानपुर–२ मा कुल ३६ हजार ५ सय ७४ मत गणना हुँदा महेश बर्तौलाले १४ हजार ८ सय ९८ मत र सत्ता गठबन्धनका खतिवडाले१३ हजार १ सय ४७ मत प्राप्त गर्नुभएको छ ।
मकवानपुर २ मा २३८५ मतगणना सकिँदा छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा ८२६ मतका साथ पछि छन् भने एमालेका महेश बर्तौलाले ८४९ मतका साथ अग्रता बनाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत र राप्रपाका राजन मैनालीले २७ मत पाएका छन् ।
काठमाडौं, ६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले फटाहा कुरा गर्ने गरेको आरोप लगाएका छन् । मकवानपुर–२ बाट आगामी निर्वाचनको लागि प्रतिनिधिसभाको लागि गठबन्धनका साझा उम्मेदवारसमेत रहेका खतिवडाले आफूले केपी ओलीजस्तो फटाहा कुरा नगर्ने र सेन्टिमेन्टल कुरा पनि नगर्ने बताएका हुन् । उनले आफूलाई हराउन […]
स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री खतिवडा पहिलो पटक मन्त्री भएका हुन्। उनी मकवानपुरबाट चार पटक निर्वाचित सांसद हुन्।
मकवानपुरबाट ४ पटक प्रत्यक्ष निर्वाचित नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रतिनिधि सभा सदस्य विरोध खतिवडा पहिलोपटक मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी शहरी विकास मन्त्री बन्न लागेको स्रोतले बतायो । नेकपा एसले खतिवडाको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन २०४८, २०५१ र २०५६ मा खतिवडा लगातार विजयी भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी मकवानपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
चारपटक एमालेबाट सांसद निर्वाचित भएका खतिवडा २०७८ ...
काठमाडौं, भदौ १६ । नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडाले बाग्मती र प्रदेश १ मा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । पाँच प्रदेशमा गठबन्धनका दलको सरकार बनिसकेकाले बाँकी दुईमा आफ्नो पार्टीको दाबी रहने उनले बताए । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा […]
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको संसदीय दलको सिफारिसमा सांसद पद गुमाउने गरी कारबाहीमा परेका एमालेका माधव नेपालसहित १४ सांसदहरुको पद खारेज नगर्न माग गर्दै सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका छन्। मंगलबार एमालेले माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठसहित १४ जना सांसदहरुलाई कारबाही गर्दै सांसद […]