यस क्षेत्रबाट यसअघि एमाले उम्मेदवारको रुपमा पूर्व स्वास्थ्यमन्त्री खतिवडाले जित्दै आएका थिए। तर पार्टी विभाजनपछि एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनी पराजित भएका हुन्।
हेटौडा : मकवानपुरमा मतदातालाई आकर्षित गर्न भोजको व्यवस्था गरिएको छ। गठबन्धन र एमाले दुवै पक्षले मतदातालाई आकर्षित गर्न दुई स्थानमा भोजको व्यवस्था गरेका हुन्। मनहरी गाउँ-४ हाँडीखोलाको पशुपति माविमा मतदान चलिरहेको छ भने त्यसको करिब ५० मिटरको दुरीमा भोज चलिरहेको छ।मकवानपुर-२ क्षेत्र पर्ने उक्त स्थानमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीमा नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा र एमालेतर्फबाट महेश बर्तौला उम्मेदवार रहेका छन्।
नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली ओर्लिएका हुन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका हुन् । प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा […]
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा निस्केका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, विभिन्न मन्त्रालयका सचिव लगायत रहेका छन् । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो ।प
काठमाडौं, २ मंसिर । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ वर्षभन्दा माथि उमेर समूहका लागि फाइजर खोप लगाउन थालिएको ६ दिन भइसकेको छ । गत आइतबारबाट फाइजर खोप लगाउन थालिएको हो । बिहीबार स्वास्थ्यमन्त्री विरोध खतिवडा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु, नेपालका लागि अेमरिकी राजदूत ¥यान्डी बेरीसहितको अमेरिकी टोली लिएर शिक्षण अस्पातल पुगेका छन् । अमेरिकी […]
काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज अवलोकन गर्न पुगेका छन्।उनी बालबालिकालाई कोरोना भाइरसविरुद्धको अमेरिकी फाइजर खोप लगाउन थालिएको अवस्थाको अवलोकन गर्न त्यहाँ पुगेका हुन्। अमेरिकी मन्त्रीसँगै स्वास्थ्यमन्त्री विरोध खतिवडा, अमेरिकी राजदूत र्याण्डी बेरीलगायत शिक्षण अस्पताल पुगेका थिए। हेर्नुहोस् फोटो
नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिको बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसिरहेको बैठकमा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा र सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।यस्तै बैठकमा चारवटा सुरक्षा निकायका प्रमुखसहित उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ। जारी बैठक नेपालमा विभिन्न देशबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिक बढे पछिको सुरक्षा चुनौती, सीमा
स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री खतिवडा पहिलो पटक मन्त्री भएका हुन्। उनी मकवानपुरबाट चार पटक निर्वाचित सांसद हुन्।