मकवानपुरबाट ४ पटक प्रत्यक्ष निर्वाचित नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रतिनिधि सभा सदस्य विरोध खतिवडा पहिलोपटक मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी शहरी विकास मन्त्री बन्न लागेको स्रोतले बतायो । नेकपा एसले खतिवडाको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन २०४८, २०५१ र २०५६ मा खतिवडा लगातार विजयी भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी मकवानपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
चारपटक एमालेबाट सांसद निर्वाचित भएका खतिवडा २०७८ ...